कामना सेवा र बिओके क्यापिटल बीच सम्झौता


२ आश्विन २०७६, बिहीबार
0 02 03 fd953862dbec2234aa4ff6a8c68ec769927cc04e890bc866ba24984e5741fbe4... uQhzZRFqt8

काठमाडौं,२असोज । कामना सेवा विकास बैंक लिमिटेड र बि।ओ।के। क्यापिटल मार्केट लिमिटेड बीचमा शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।


यस सम्झौता अनुसार कामना सेवा विकास बैंक लिमिटेडको शेयर सम्बन्धी कार्य (शेयर सम्बन्धी कारोवारको रेकर्ड राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनी लगत अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु) बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड, कमलादी, काठमाडौंबाट हुनेछ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र बि।ओ।के। क्यापिटल मार्केट लिमिटेड को तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश प्रसाद खतिवडाले हस्ताक्षर गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७