भारतको समर्थन लिनुपर्ने पूर्व शर्त : ५५ अर्ब बराबरको अनुदान सम्झौता अलपत्र


३ आश्विन २०७६, शुक्रबार
money NuUgsLectB

काठमाडौं, ३ असोज । नेपाल र अमेरिकाबीच भएको करिब ५५ अर्ब रुपैयाँ बराबरको अनुदान सम्झौता ‘भारतको समर्थन लिनुपर्ने’ पूर्व शर्तका कारण संसद्बाट अनुमोदन हुन सकेको छैन ।

नेपाल सरकार र अमेरिकी सहयोग नियोग निकाय–मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको उक्त सम्झौता अनुमोदनका लागि गत असार ३० गते संसद् सचिवालयमा दर्ता गरिएको थियो ।

अमेरिकाले असोज दोस्रो साताभित्र सम्झौता अनुमोदन हुने अपेक्षा राखेको भएपनि बिहीबार संसद्को चौथो अधिवेशन नै अन्त्य भएको छ ।

अमेरिकी अधिकारीहरुले एससीसी सहयोगलाई ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ को अंगका रुपमा परिभाषित गरेपछि अप्ठेरोमा परेको नेपाल सरकार सम्झौतामा उल्लिखित ‘भारतको समर्थन लिनुपर्ने’ पूर्वशर्तबाट थप सकसमा परेको छ ।

(नेपाल) सरकारले एससीसीलाई सार र रुपमा चित्तबुझ्ने योजना तयार पारी पठाउनुपर्ने छ,’ सम्झौताको अनुसूचीमा ५ मा लेखिएको छ, ‘त्यस्तो योजना पठाउँदा भारत सरकारले सो योजनाको समर्थन गरेको हुनुपर्नेछ ।’

बुटबल–गोरखपुर अन्तरसीमा विद्युतीय प्रसारण लाइन निर्माणका सन्दर्भमा ‘अतिरिक्त पूर्वशर्त’ शीर्षकमा उक्त बुँदा राखिएको हो । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७