म्यानचेस्टर युनाइटेडको कठिन जीत


३ आश्विन २०७६, शुक्रबार
sport

काठमाडौं, ३ असोज । युरोपा लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले एस्तानामाथि एक शून्यको कठिन जित निकालेको छ ।

घरेलु मैदान वर्ल्ड ट्राफोर्डमा भएको खेलमा मासोन ग्रिनवडको एकमात्र गोल युनाइटेडलाई घरेलु मैदानमा बराबरी हुनबाट जोगाउन सफल भयो । युनाइटेडका लागि पहिलो गोल गरेका युवा खेलाडी मासोन सन् २००० मा जन्मिएका हुन् । युनाइेटडका लागि कम उमेरमा गोल गर्ने उनी पहिलो खेलाडी बनेका छन् ।

७५ प्रतिशत बल पोसेसन बनाएको युनाइटेडले पुरै खेलमा २० वटा सट प्रहार गरेको थियो । जसमा सात वटा पोष्टमा रहेका थिए । तर गोल भने एकमात्र हुन सक्यो ।

७३ औैं मिनेटमा मासोनले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । तर त्यसपछि बाँकी समयमा दुवै टिमबाट थप गोल हुन सकेन र युनाइेटडले घरेलु मैदानमा झिनो अन्तरको जीत निकाल्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७