१० गतेदेखि दशैंकाे नयाँ नोट, यी २५ ठाउँबाट उपलब्ध गराइन्छ नयाँ नोट


३ आश्विन २०७६, शुक्रबार
naya note 2 ns

काठमाडौं, ३ असोज । राष्ट्र बैंकले दशैंका लागि असोज १० गतेदेखि नयाँ नोट सटही गर्ने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै १० गतेदेखि १७ गतेसम्म नयाँ नोट सटही हुने जानकारी दिएको हो ।

उपत्यका बाहिरको हकमा राष्ट्र बैंकका क्षेत्रीय कार्यालयसहित नोट कोष रहेका वाणिज्य बैंकका शाखाबाट समेत सटही सुविधा उपलब्ध हुनेछ । जस अनुसार उपत्यका बाहिर बिराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीका राष्ट्र बैंक कार्यालयबाट नयाँ नोट सटही हुनेछन् ।

त्यस्तै राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग बालुवाटारबाट पनि नयाँ नोट सटही हुनेछ । प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट सटही हुनेछ । यसका अतिरिक्त थप नोट लिन चाहनेहरुका लागि पुराना तर सुकिला नोट उपलब्ध गराउने राष्ट्र बैंकले बताएको छ । ५, १०, २०, ५० र १ सयका नयाँ नोट वितरण हुनेछन् ।

राष्ट्र बैंकको बालुवाटार कार्यालयसहित उपत्यकाका २५ ठाउँबाट नयाँ नोट सटही हुनेछ । त्यस्तै नेपाल बैंकको न्यूरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट सटही सुविधा हुनेछ । नयाँ नोटमा केरमेट तथा काम नलाग्ने गरी जथाभावी प्रयोग नगर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।
हेर्नुस् राष्ट्र बैंकको सूचना

bank

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७