प्रधानमन्त्रीको निजी चिकित्सक दिव्या सिंहलाई सुप्रसिद्ध प्रवल जनसेवाश्री पदक


३ आश्विन २०७६, शुक्रबार
Prof. Dr. Dibya Singh Shah

काठमाडौं, ३ असोज । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणदेखि हालसम्मको जटिल उपचारमा संलग्न चिकित्सकहरूलाई सुप्रसिद्ध प्रवल जनसेवा श्री प्रथम श्रेणीको विभूषणबाट सम्मानित गर्ने भएको छ ।

संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित हुन लागेकामा प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाह पहिलो नम्बरमा छिन् । उनलाई प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराभन्दा पनि माथिल्लो तहमा राखेर विभूषित गरिएको छ ।

सुप्रसिद्ध प्रवल जनसेवा श्री पदकबाट विभूषित हुनेको दोस्रो नम्बरमा पर्यटन व्यवसायी स्वर्गीय आङ्छिरिङ शेर्पा र तेस्रो नम्बरमा प्रधानन्यायाधीश राणा छन् । त्यस्तै, सबैभन्दा माथिल्लो श्रेणीको महाउज्ज्वल राष्ट्रदीपबाट मरणोपरान्त साहित्यकार मदनमणि दीक्षित र तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई सम्मानित गरिने भएको छ ।

प्रधानमन्त्रीको उपचारमा संलग्न नेसनल युनिभर्सिटी अस्पताल, सिंगापुरका डाक्टर अनन्थरमण बत्सला, डिपार्टमेन्ट अफ युरोलोजी तथा रेनल ट्रान्सप्लान्ट अस्पताल दिल्लीका अध्यक्ष प्राध्यापक डा.अनन्त कुमारको नाम सुप्रसिद्ध जनसेवा श्रीबाट विभूषित हुनेको सूचीमा छ ।

दिल्लीस्थित इन्ष्टिच्युट अफ एण्डल्ट रिसन्स्ट्रक्सन, स्पोर्टस इन्जुरी एण्ड जोइन्ट रिप्लेसमेन्ट दिल्लीका अध्यक्ष डा. राजीव कुमार शर्मा र एपोलो अस्पतालका प्रमुख डा. हर्ष दुवा पनि सोही पदकबाट हुँदैछन् । त्यस्तै, अस्ट्रेलियाको मेलवर्नका डाक्टर डेभिड फ्रान्सिस पनि विभूषित गरिंदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७