नेपाल प्रहरीका ८२ अधिकृत तथा जवानलाई पदक, यी हुन् विभूषित हुने (सूचीसहित)


३ आश्विन २०७६, शुक्रबार
Nepal police

काठमाडौं, ३ असोज । संविधान दिवसको अवसरमा नेपाल प्रहरीका ८२ जना अधिकृत तथा जवानहरु विभिन्न पदकहरुबाट विभूषित हुने भएका छन् ।

नेपाल प्रहरीको विभिन्न दर्जाका कर्मचारीलाई राष्ट्रपतिले मानपदवी, अलङ्कार र पदकले बिभूषित गर्ने घोषणा भएको बिभूषण छनौट समितिले जनाएको छ ।

बिभूषण छनौट समितिको सूची अनुसार डिआईजीहरु केदार रिजाल, दीपककुमार थापा, डा. राजीव सुब्बा, पिताम्बर अधिकारी, महेन्द्रकुमार पोखरेल, कमलबहादुर जिटि, एसएसपीहरु सहकुलबहादुर थापा, अरुणकुमार बिसि र डा. दीपक श्रेष्ठले सुप्रवल जनसेवाश्री पाउने भएका छन् ।

एसपीहरु कुबेर कडायत, दुर्गा सिंह, मनोज केसी, प्रवीण पोखरेल, सिद्धीबिक्रम शाह, ईश्वर कार्की, ओमबहादुर राना, डिएसपीहरु ऋषिराम कंडेल, सन्तोष तामाङ, संजयसिंह थापा, नवीन कार्की, टेकुनन्द इवा लिम्बु, कमला लामा, गोविन्दराज काफ्ले, मिमबहादुर लामा, होविन्द्र बोगटी, इन्स्पेक्टरहरु पूर्णिमाकुमारी चन्द, भरत बहादुर शाह, राजेशराज पुरी, सविनकुमार संग्रौला, शर्मिला गुरुङ र प्रमेश बिस्टलाई प्रबल जनसेवाश्रीले बिभुषित गरिने भएको छ ।

डिआईजी सुरज केसी, एसएसपी अरुणकुमार भण्डारी, एसपी शेखर खनाल, डिएसपीहरु राजेन्द्रप्रसाद धमला, रुगमबहादुर कुँवर, रमेशबहादुर सिंह, किरणजङ्ग कुँवर, राजकुमार केसी, उद्धवसिंह भाट, इन्स्पेक्टरहरु दीपक थापा, पुरुषोत्तम राउत क्षेत्री, योगेन्द्र तिमिल्सिना र कुमारप्रसाद मैनालीले नेपाल प्रताप सुभुषण पाउने भएका छन् ।

प्रहरी नायब निरीक्षक (सई) हरु मनोज राना मगर, अनन्तराज थापा, महेश केसी, ईश्वर राउत, प्रकाश पण्डित, जयकुमार राई, निरु सुवेदी, इमानबहादुर भण्डारी, प्रहरी सहायक निरीक्षक (असई) हरु फुलमाया क्यापछाकी, केशव सुयल थापा, प्रहरी हवल्दारहरु मन्देकाजी श्रेष्ठ, सुशील दंगाल र प्रहरी जवान डोलराज पाण्डेले जनसेवाश्री पदक पाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७