युवती ठानेर ७० वर्षीयालाई बलात्कार गरेपछि…


३ आश्विन २०७६, शुक्रबार
Rape for nayapage

राजविराज, ३ असोज । युवती ठानेर ७० वर्षीया वृद्धालाई बलात्कार गर्ने एक जना सप्तरीको राजविराज कारागार पुगेका छन् । सप्तरीको खडक नगरपालिका–८ मुसहर्नियाका ४० वर्षीय रोहित सदा बलात्कारको कसुरमा थुनामा परेको जिल्ला अदालतका श्रेस्तेदार दिलकुमार वर्देवाले जानकारी दिएका छन् ।

अत्यधिक मदिराको नशामा अर्की युवती ठानेर वृद्धालाई बलात्कार गरेको अभियुक्तले स्विकारेको बर्देवाले जानकारी दिएका छन् । गत साल असोज १६ गते घरका सबै जना मेला हेर्न गएका बेला वृद्धामाथि बलात्कार भएको हो ।

उदयपुरको त्रियुगा नगरपािलका–३ घर भएकी पीडित दुई महिनादेखि भाइको घरमा बस्दै आएकी थिइन् । बलात्कार घटना लगत्तै फरार भएका अभियुक्त काठमाडौंमा मजदुरी गर्दै बसेका थिए ।

पीडितका भाइले मिलापत्र गरी मुद्दा टुंग्याउने आश्वासन दिएपछि सदा भदौमामा घर फर्केका फर्केका थिए । उनलाई प्रहरीले भदौ १९ गते पक्राउ गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७