व्यञ्जन तेललाई गुणस्तर चिह्न प्रमाण–पत्र


७ पुष २०७४, शुक्रबार
gunastar

काठमाडौं : निम्बसको उच्चस्तरीय खाने तेल ‘व्यञ्जन’ले छोटो अवधिमै बजारमा विश्वास कमाउन र उपभोक्ताको मन जित्न सफल भएको छ ।gunastar

व्यञ्जन तेलले उच्चस्तरीय कच्चापदार्थ प्रयोग गर्दै गुणस्तरमा निरन्तरता कायम गरेर नेपाल गुणस्तर चिह्न प्रमाण–पत्र प्राप्त गर्न सफल भएको छ ।

नेपालमै उत्पादित व्यञ्जन खाने तेलको उत्पादन गुणस्तरीय तथा बोटलिङ र प्याकेजिङ अन्तर्राष्ट्रियस्तरको रहेको सो कम्पनीका बिक्री प्रबन्धक पुरुषोत्तम सिलवालले बताए । नेपालमा प्रचलित विभिन्न मौलिक परिकारको स्वाद लिन र स्वस्थ खाना तयार पार्न व्यञ्जन सूर्यमुखी तेल र तोरीको तेल देशभर उपलब्ध रहेको उनले बताए।

अत्याधुनिक प्रविधिबाट प्रशोधन गरिएको व्यञ्जन तेल ल्यामिनेटेड पाउचमा प्याकिङ गरिन्छ । यसमा भिटामिन ‘ए’ र ‘डी’ मिश्रण गरिएको बिक्री प्रबन्धक सिलवाल बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७