सातै प्रदेशको पहिचान झल्कने सांस्कृतिक नृत्यसहित संविधान दिवस (फोटो फिचर)


३ आश्विन २०७६, शुक्रबार
constituation day in culture 1
6’Fl8v]ndf ;+ljwfg lbj; ;+ljwfg lbj; tyf /fli6«o lbj;sf cj;/df d”n ;df/f]x ;ldltåf/f z’qmaf/ sf7df8f}Fsf] 6’Fl8v]ndf cfof]lht ;df/f]xdf k|b]z ! sf] ;fs]nf gfFr k|:t’t ul/Fb} . t:jL/ M gjLg kf}8]n

काठमाडौं, ३ असोज । सरकारले काठमाडौंकाे टुडिखेलमा विशेष कार्यक्रम गरी संविधान दिवस मनाएको छ ।

सरकारले ०७२ असोज ३ गते संविधान जारी भएको खुशीयालीमा काठमाडौंको सैनिक मञ्चमा टुँडिखेलमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओलीलगायत विशिष्ट व्यक्तिहरु सहभागी बनेका छन् । कार्यक्रममा विभिन्न किसिमका साँस्कृतिक कार्यक्रम, विभिन्न झाँकी र कवाजहरु प्रदर्शन गरि मनाएको हो ।


यसैगरी टुडिखेलमा सातै प्रदेशको पहिचान झल्कने सांस्कृतिक नृत्य प्रर्दशन गरे । सुदुरपश्चिम प्रदेशको हुडकेली नाच, कर्णाली प्रदेशको मयुर नाच, प्रदेश नं ५ को थारु नृत्य, गण्डकी प्रदेशको गौरा नृत्य प्रस्तुत गरिएको थियो ।


यस्तै प्रदेश १ को साकेला शिलि, प्रदेश नं २ को झिझिया नाच र प्रदेश नं ३ को तामाङ सेलो प्रस्तुत गरिएको थियो ।


संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔं, घरघरमा राष्ट्रिय झण्डा फहराऔं र दिपावली गरौं’ भन्ने मूल नारा तय गरेको सरकारले यस वर्षको दिवसलाई विशेष महत्व दिएको छ ।
‘नेपालको संविधान, २०७२’ जारी भएको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते मनाइँदै आएको संविधान दिवसको दिनलाई नै सरकारले राष्ट्रिय दिवसको रुपमा समेत मनाउने निर्णय गरेको थियो ।

तस्वीर : नवीन पौडेल/रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७