विधेयक ल्याएर संविधानलाई लङ्गडो बनाउन पाइँदैन : देउवा


३ आश्विन २०७६, शुक्रबार
deuwa

काठमाडौं, ३ असोज । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संविधानको मर्म र भावना विपरीत ल्याएको कुनै पनि विधेयक मान्य नहुने चेतावनी दिएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले संविधानको मूलभूत सिद्धान्तमाथि दाँया बाँया नगर्न पनि सरकारलाई सचेत गराएका छन् । संविधान दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानको भावना विपरीत सरकारले मिडिया काउन्सिल विधेयक, मानव अधिकार आयोगसम्बन्धि विधेयक ल्याएको दावी गरे ।

ती विधेयकमा सहमति जनाउन नसकिने कुरा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भनिसकेको देउवाले बताए ।

‘मैले प्रधानमन्त्रीलाई भनेको छु, निर्वाध बोल्ने, लेख्ने संविधानले ग्यारेन्टी गरेको अधिकार पनि हनन् हुने गरी सरकारले विभिन्न विधेयकहरु ल्याएको छ’ उनले भने, ‘त्यस्ता विधेयक ल्याएर संविधानलाई लंगडो बनाउन पाइँदैन ।’

सभापति देउवाले संविधान विश्वकै समावेशी भए पनि संविधानभन्दा दायाँ बायाँ गर्ने काम सरकारबाट हुनै लागेको भन्दै आपत्ति जनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७