स्ट्याण्डर्ड चार्टर्डलाई ‘ए’ श्रेणी प्रदान


३ आश्विन २०७६, शुक्रबार
scb 3a JpbOUF1KTh

काठमाडौं,३ असोज । नेपालको पहिलो सम्मान श्रेणी निर्धारण गर्ने एजेन्सी आइसीआरए नेपाल र भारतीय आइसीआरएको सहायक निकायद्वारा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल ‘ए’ श्रेणी प्रदान गरिएको छ ।


एससीबीलाई आइसीआरएएनपी–आइआरद्वारा जारी श्रेणीमा तीनवटा विधामा ‘ए’ श्रेणी प्रदान गरिएको हो ।

श्रेणी मूल्याँकनको आधार वित्तिय दायित्वहरुको समयमै सेवासँग सम्बन्धित सुरक्षाको उच्च डिग्री हुनुलाई लिइन्छ । यसप्रकारका जारीकर्ताहरुले अत्यन्त कम क्रेडिट जोखिम बहन गर्दछन् ।

श्रेणी निर्धारण कार्यको कारक बैंकको मजबुत अविभावकत्व ९स्ट्याण्डर्ड चार्टर्ड समुहको ७० प्रतिशत हिस्सा० मानिएको छ । साथै एससीबी–युकेसँग गरिएको विद्यमान प्राविधिक सेवा सम्झौता पनि भएको बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७