स्वास्थ्यको संरचना तथा दरबन्दी पुनरावलोकन हुँदै


४ आश्विन २०७६, शनिबार
health ministray

काठमाडौं, ४ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संरचना तथा दरबन्दी पुनरावलोकन गरी प्रतिवेदन पठाउन आफ्ना मातहतका निकायलाई पत्राचार गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रअनुसार मन्त्रालयले स्वास्थ्य सेवा, औषधि व्यवस्था र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागसहित महाशाखा तथा केन्द्र, स्वास्थ्य प्रतिष्ठान, सङ्घीय अस्पताल तथा कार्यालयलाई पत्राचार गरेको हो ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले स्वास्थ्य सेवाको पनि संरचना तथा दरबन्दी पुनरावलोकन हुन लागेको जानकारी दिए । मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासक सहसचिव श्रेष्ठको संयोजकत्वमा नै पुनरावलोकन कार्यलय समेत गठन गरेको छ ।

सामान्य प्रशासनले कर्मचारी समायोजन सम्पन्न भएपश्चात सङ्घीय सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र मातहत निकायहरुको कार्यक्षेत्र, कार्यबोझ र कार्यपद्धतिका आधारमा सङ्गठन तथा दरबन्दी नयाँ व्यवस्था गर्न लागेको छ ।

प्रवक्ता श्रेष्ठले कार्यदलले विभाग, प्रतिष्ठान, केन्द्र, अस्पताल, तालीम केन्द्र प्रमुखको संयोजकत्वमा सङ्गठन संरचना तथा दरबन्दी पुनरावलोकन समिति गठन गरी मन्त्रालयमा सात दिनभित्र सुझाव पठाउन पत्र पठाएको जानकारी दिए । स्वास्थ्य सेवातर्फको कर्मचारी समायोजन प्रक्रिया अझै टुङ्गिएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७