सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने सहमति भइसक्यो : प्रचण्ड


७ पुष २०७४, शुक्रबार
Puspa Kamal Dhal parchanda

चितवन : माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अव बन्ने सरकार र पार्टीको नेतृत्व आलोपालो हुने विषयमा सहमती भइसकेको बताएका छन् । नेतृत्व भने आलोपालो गर्ने सैद्धान्तिक सहमति यसअघि नै एमाले र माओवादीबिच भइसकेको उनको जिकिर छ ।

Puspa Kamal Dhal parchanda

शुक्रबार प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले आलो पालोको तरिका अपनाउने भन्ने कुरा सिद्धान्तः भएको बताए । प्रचण्डले भने ‘समझदारी धेरै भएका छन् । समझदारीका विषयमा त्यस्तो अफ्ठ्यारो आएको पनि छैन । पार्टी एकता संयोजन समितिको बैठकले नै यसको अन्तिम टुंगो लगाउँछ । आलो पालोको तरिका अपनाउने भन्ने कुरा सिद्धान्तः भएकै हो।’

शनिबार एकता संयोजन समितिको बैठक बसेर टुंगो लगाउने बताए । बाम गठबन्धनको पार्टी एकता संयोजक समितिको शुक्रबार बैठक बस्ने भन्ने समाचार सत्य नभएको उनको भनाई छ। ‘बाहिर मिडियामा कति कुरा त्यत्तिकै बढी बढी आइ रहेका छन्। हिजो ओली जी र मेरो छ घण्टा कुरा भयो भन्ने पनि आयो। जब कि हिजो हैन आज केही बेर यस्सो छलफल भएको हो । भोलि शनिबार बाम गठबन्धनको छलफल हुँदै छ र मिल्यो भने भोलि नै पार्टी एकता संयोजन समितिको पनि बैठक बस्न सक्छ’ प्रचण्डले भने ।

राष्ट्रिय सभा समानुपातिक र समावेशी स्वरुपको बनाउने चलन अन्तराष्ट्रिय रुपमा नै रहेको बताए । उनले भने, ‘राष्ट्रिय सभा समानुपातिक र समावेशी चरित्रको हुनुपर्छ, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, राष्ट्रिय सभाको विषयमा सहमतिको प्रयास भइरहेको छ ।’

‘राष्ट्रिय सभा समानुपातिक र समावेशी चरित्रको हुनुपर्छ,’ प्रचण्डले भने, राष्ट्रिय सभाको विषयमा सहमतिको प्रयास भइरहेको छ ।’ राष्ट्रिय सभा र प्रतिनिधि सभा मिलाएर संघीय संसद बन्ने बताउँदै प्रचण्डले संघीय संसदमा एकतिहाई महिला सदस्य चाहिने संवैधानिक प्रावधान रहेको उनले बताए ।

प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शीर्ष तीन नेतालाई टेलिफोन गरेपछि आज बैठक बस्नुमा कुनै तालमेल नरहेको बताउँदै भने, ‘उहाँले मलाई बधाई दिँदै छिटो सरकार गठन होस् र भारत नेपाल सम्बन्ध आउँदा दिनमा अरु राम्रो हुनेछ भन्नुभयो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७