दुई बालकसहित तीन जनाको डुबेर मृत्यु


४ आश्विन २०७६, शनिबार
Dubera bepatta
सांकेतिक तस्विर

झापा, ४ असोज । झापा र मोरङमा गरी दुई बालकसहित तीन जनाको डुबेर मृत्यु भएको छ ।
झापाको कमल गाउँपालिका–४ भुत्लुङ खोलामा कल्भर्टका लागि खनिएको खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको हो ।

उक्त खाल्डोमा जमेको पानीमा शुक्रबार साँझ पौडी खेल्ने क्रममा स्थानीय १४ वर्षीय सुन्दर तामाङ र ११ वर्षीय क्रेडिट बुढाथोकीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरू अबेरसम्म घर नफर्केपछि खोजी गर्ने क्रममा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका हुन् । यस्तै मोरङको कटहरी गाउँपालिका ४ स्थित जुडी खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।

विश्वकर्मा पूजापछि मूर्ति सेलाउन गएका स्थानीय ४० वर्षीय नारायण उराव खोलामा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका हुन् ।

मूर्ति सेलाउन साथीहरूसँग गएका उनी घर नफर्केपछि खोजी गर्ने क्रममा मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७