सभामुख महरा कजाकस्तान प्रस्थान


४ आश्विन २०७६, शनिबार
mahara 1

काठमाडौं, ४ असोज । युरोसियन मुलुकका सभामुखहरुको बैठकमा भाग लिन सभामुख कृष्णबहादुर महरा कजाकस्तान प्रस्थान गरेका छन् । सभामुख महरा ६ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शनिबार बिहान कजाकस्तान प्रस्थान गरेका हुन् ।

सभामुख महरासँगै प्रतिनिधिसभा सदस्य मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली र अमृतादेवी अग्रहरि, संघीय संसद सचिवालयका प्रमुख लेखा नियन्त्रक बसन्तराज सिग्देल र सभामुखका स्वकीय सचिव डोरबहादुर पुन पनि कजाकस्तान गएका छन् ।


यही सेप्टेम्बर २२ देखि २५ सम्म कजाकस्तानको अस्तानामा हुने युरेसियन देशका संसदका सभामुखहरुको चौथो बैठकलाई महराले सम्बोधन गर्ने सभामुखको सचिवालयले जनाएको छ ।

कजाकस्तानको अस्तानामा हुने उक्त बैठकमा कजाकस्तानका लागि नेपाली महावाणिज्यदूत बरुण चौधरी र प्रतिनिधि सभा सदस्य विनोद चौधरी पनि सहभागी हुने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७