कबड्डी ३ ले रिलिजकै दिन राख्यो नयाँ रेकर्ड


४ आश्विन २०७६, शनिबार
kabaddi 3 kabaddi kabaddi kabaddi

काठमाडौं,४ असोज । हिजो शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म कबड्डी कबड्डी कबड्डीले पहिलो दिनमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको रेकर्ड रोखको छ ।

यस फिल्मले रिलिजको पहलिो दिनमै एक करोड ४७ लाखको व्यापार गर्न सफल भयो । यो नेपाली फिल्मको इतिहास मै अहिले सम्मको बढी एक दिनको कलेक्सन हो ।

फिल्म वितरणको जिम्मा लिएको स्टेसन फाइभले सामाजिक संजालमार्फत उक्त बिषयको जानकारी दिएको हो । रामबाबु गुरुङ निर्देशित यस अघिका सिरिज तथा अन्य फिल्म पनि सफल छन् ।

बर्ष ७६मा फिल्मले आसातित ब्यापार नगरेको अवस्थामा यस फिल्मले निर्मातालाई केही राहत मिल्ने पक्का छ ।

फिल्ममा दयाहाङ राई, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, बुद्दि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, डा। सिंह गुरुङ, शिला खनाल, मणि के राई लगायतको अभिनय छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७