‘फुच्चे मेसी’ मा विश्वको नजर

काठमाडौं, ४ असोज । स्पेनिस ला लिगाको अघिल्लो शनिबारको खेलमा बार्सिलोनाका खेलाडी अन्सुमान फाती सबैको नजरमा परे । उनी टिमका सबैभन्दा कान्छा खेलाडी त भए नै उनको खेल कौशल पनि उनीतिर ध्यान तान्न योग्य थियो ।

बार्सिलोनाले भ्यालेन्सियामाथि ५–२ को जित निकाल्दा १६ वर्षीय फातीले बार्सिलोनाका लागि दोस्रो गोल गरेका थिए । उनी मेसी वा स्वारेजको स्थानमा स्ट्राइकरको जिम्मेवारीमा मैदानमा उत्रिएका थिए ।

उनी मैदानमा उत्रिएको दोस्रो मिनेटमै गोल गरेका थिए । उनले खेलमा गोलसँगै ७ औं मिनेटमै फ्रेन्की डे जोङलाई गोल गर्न पास दिएका थिए । उनी मैदानमा उत्रिएको ६० औं मिनेटमा मैदान बाहिर निस्किए र उनको स्थानमा मैदानमा प्रवेश गरे स्वारेज ।

दक्षिण अमेरिकी राज्य ग्युनिया बिस्साउका फाती १० वर्षको उमेरमा बार्सिलोनामा प्रवेश गरेका थिए । उनले बार्सिलोनाको उमेर समूह टोलीबाट खेल्दा राम्रो प्रदर्शन गरेपछि मुख्य टोलीमा खेल्ने मौका पाए ।

उनी २५ अगस्टमा रियल बेटिसविरुद्धको खेलमा बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गर्दै ७८ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान छिरेका थिए । ३१ अगस्टमा ओसासुनाविरुद्ध दोस्रो हाफपछि मैदान छिरेका फातीले लगतै गोल गरेर १–० ले पछि परेको बार्सिलोनालाई बराबरीमा ल्याएका थिए ।

उनी बार्सिलोनाका लागि गोल गर्ने सबैभन्दा कान्छा खेलाडी समेत हुन् । उनले १६ वर्ष ३०४ दिनमा गोल गरेका हुन् । उनीअघि यो रेकर्ड २००७ र ८ सिजनमा बोजनले १७ वर्ष ५३ दिन हुँहा गोल गरी आफ्नो नामा दर्ज गराएका थिए ।

यी दुई रेकर्ड पछि बार्सिलोनाबाट ला लिगामा कम उमेरमा गोल गर्ने कान्छा फर्वाड लियोनल मेसी नै हुन् । उनले २००४ र ५ सिजनमा १७ वर्ष ३ सय ३१ दिनको उमेरमा गोल गरेर रेकर्ड बनाएका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्