समानुपातिक सिट बाँडफाँट : एमाले, कांग्रेस र माआवोदीबाट को–को बन्दैछन् सांसद ?


७ पुष २०७४, शुक्रबार
uml congress moist center समानुपातिक

काठमाडौं : निर्वाचन आयोगले मंसिर १० र २१ गते गरेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक तर्फको सिट बाँडफाँट गर्देछ । पुस २ मा सकेको समानुपातिकतर्फको मतगणना आयोगले पाँच दिनपछि बाडफाँट गर्न लागेको हो । यस अघि नै प्रत्यक्ष तर्फका प्रतिनिधिसभामा १६५ र प्रदेशसभामा ३३० निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । uml congress moist center समानुपातिक
अब समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा ११० र प्रदेशसभामा २२० जना जनप्रतिनिधिको चयन बाँकी छ । समानुपातिक निर्वाचनमा प्रतिनिधिसभातर्फ ४९ भाग लिएका थिए ।
प्रत्यक्ष तर्फ सबैभन्दा धेरै ८० सिट जितेको एमालले समान’पातिमा पनि धेरै मत ल्याएको छ । उसले समान’पातिकबाट ४१ पाउने छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ २३ सिट जितेको नेपाली कांग्रेसले भने समानुपातिकमा ४० सिट पाउने छ ।
यस्तै प्रत्यक्षमा ३६ सिट जितेको माओवादीले १७ पाउने छ । भने राष्ट्रिय पार्टी बन्न सफल राजपा र संघीय समाजवादी फोरम नेपालले ६–६ सिट पाउने छ । उसले प्रत्यक्षमा ११ र १० सिट जितेको छ ।
एमाले, कांंग्रेस र माओवादी केन्द्रले को पठाउँदै छन् ?
निर्वाचन आयोगले समानुपातिकतर्फको प्रारम्भिक नतिजा सार्वजनिक गरेसँगै राजनीतिक दललाई उम्मेदवारको नाम अनुमाेदन गरेर पठाउनु पर्नेछ । नाम बन्दसूचीको लागि पेस गरेको समावेशीको आधार मिलाएर एक साताभित्र केन्द्रीय कार्यसमितिको बैठकबाट नाम अनुमोदन गराएर पठाउन समयावधि प्रदान गर्नेछ ।
उक्त समयावधिभित्र आएको नामलाई सच्याउन वा मिलाउन चाहने राजनीतिक दललाई थप तीनदिनको समय प्रदान गरिनेछ । त्यसपछि बन्दसूचीमा पेस भएका क्रमअनुसारका आधारमा राजनीतिक दलले प्राप्त गरेका सिट र विजयी उम्मेदवारको नाम घोषण गर्नेछ ।

नाम पठाउँदा ३३ प्रतिशत महिलालाई छुट्ट्याउनुपर्ने कानुनी व्यवस्था छ । त्यस्तै कानुनमा उल्लेख भएको सातवटा क्लष्टरको अनुपात अनुसार छनोट गर्नुपर्ने बाध्यता पनि छ । जसमा खस आर्य ३१.२ प्रतिशत, आदिवासी जनजाति २८.७ प्रतिशत, थारु ६.६ प्रतिशत, दलित १३.३ प्रतिशत, मधेसी १५.३ प्रतिशत, मुस्लिम ४.४ प्रतिशत र पिछडिएको क्षेत्रबाट ४.३ प्रतिशत हुनुपर्छ।

नेकपा(एमाले)
प्राप्त मतका आधारमा सबैभन्दा ठुलो दल नेकपा (एमाले)ले समानुपातिकबाट प्रतिनिधिसभामा ४१ जना सांसद आयोगलाई बुझाएको बन्दसूचीकाे आधारमा प्राप्त सिटलाई रोस्टरमा राखेर अन्तिम नाम टुंगो लगाउनु पर्नेछ ।
एमालेले प्रतिनिधिसभाको १२१ को ३३ प्रतिशत अर्थात् ३९ जना महिला अनिवार्य हुनुपर्छ । प्रत्यक्षतर्फबाट पद्मा अर्याल र पवित्रा निरौला दुई महिला निर्वा्चित भइसकेकाले अब कम्तीमा पनि ३७ महिला समानुपातिकबाट ल्याउनुपर्ने हुन्छ ।
यो आधारमा नाम पठाउँदा चार जना पुरुष सांसद मात्र पठाउन पाउने छन् । रोस्टर अनुसार गर्दा पहिलो नम्बरमा रहेका खस आर्यबाट मुकुन्द न्यौपाने, आदिवासी जनजातिबाट विजय सुब्बा, मधेसीबाट मोतीलाल दुगड र दलितबाट रामप्रित पासवान पर्ने निश्चितजस्तै छ ।
यस्तै बाँकी ३७ महिलामा प्रतिशतका आधारमा खस आर्यबाट बढीमा ११ जनासम्म पर्ने देखिन्छ । जसमा क्रमिक रूपमा राधा ज्ञवाली, बिना पाण्डे, गोमा देवकोटा, कल्याणी खड्का, निरुदेवी पाल, मनकुमारी जीसी, मायादेवी न्यौपाने, विष्णु शर्मा, सरिता न्यौपाने, मैनाकुमारी भण्डारी, तीर्था गौतमसम्म सांसद बन्ने देखिन्छ । त्यस्तै आदिवासी जनजातिबाट पनि १० जनासम्म पर्ने देखिन्छ । १० जना पर्दा अगाडि नाम रहेका आधारमा थममाया थापा, डा. शिवमाया तुम्बाहाम्फे, रामकुमारी झाक्री, बिना श्रेष्ठ, तुलसी थापा, नवीना लामा, शान्तिमाया तामाङ, कुमारी मेचे, विनादेवी बुढाथोकी, रणकुमारी बलम्पाकी मगरसम्म पर्ने सम्भावना छ ।

मधेसीबाट चार जना पर्ने देखिन्छ । जसमा जुलीकुमारी महतो, डा. पुष्पाकुमारी कर्ण, सरलाकुमारी यादव, रेखाकुमारी झाको सम्भावना छ । दलितबाट पाँच जना पर्दा निरादेवी जैरु, विमला विश्वकर्मा, विमला विक, पार्वती विसुङ्के र सानु शिवा पर्ने पक्कापक्की देखिन्छ । त्यस्तै, मुस्लिमबाट कालिला खाम, पिछडिएको क्षेत्रबाट आशाकुमारी विक पनि सांसद बन्ने देखिएको छ ।
नेपाली कांग्रेस
समानुपातिकमा कांग्रेस पाएको ४० सिटमा २१ जना महिला पठाउन’ पर्नेछ । एक जना पनि प्रत्यक्षमा महिला नजिताएको कांग्रेस जम्मा ६३ सिटमा ३३ प्रतिशत कटाए पनि अरू दलको तुलनामा समानुपातिकबाट सबैभन्दा धेरै १९ जना पुरुष छनौट गर्न पाउने छ । यद्यपि कांग्रेसले २१ जनाभन्दा धेरै महिला सांसद बनाए पुरुषको संख्या घटाउनुपर्छ ।
कांग्रेसले समानुपातिकबाट निर्वा्चित नगरी नहुने कम्तीमा २१ जना महिलामा खस आर्य कोटाबाट ७ जनाले सांसद बन्ने अवसर पाउँछन् । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्द सूचि अुनसार यो क्लष्टरबाट सुजाता कोइराला, पुष्पा भुषाल गौतम, डिला संग्रौला, मिना पाण्डे, उमा रेग्मी, दीपशिखा शर्मा र रुक्मणीदेवी कोइराला सांसद बन्नेछन् ।
यसैगरी आदिवासी जनजातिबाट कांग्रेसले ६ जनामा ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बु, हिरा गुरुङ, मिना सुब्बा र सुवर्ण ज्वारचन छनौट हुनेछन् । भने दलित महिला कोटाबाट सुजाता परियार, लक्ष्मी परियार सेवा र विमला नेपाली सांसद बन्नेछन् ।
त्यस्तै, मधेसी कल्स्टरबाट रहेकी सीतादेवी यादव, चित्रलेखा यादव र मिनाक्षी झा सांसद बन्नेछन् । भने थारु र मुस्लिम कोटामा छनोट गर्दा थारु कोटाको पहिलो नम्बरमा रहेकी पार्वती डिसी चौधरी, मुस्लिम कोटाको पहिलो सूचीमा रहेकी सर्वत आरा खानमध्ये एकजनाले सांसद बन्न पाउनेछन् । पिछडीएको क्षेत्रबाट हुम्लाकी रंगमती शाही सांसद बन्नेछन् । काँग्रेसले पठाउने पुरुष तर्फका १९ जमा ६ जना खस आर्य कोटाबाट बालकृष्ण खाँड, दिलेन्द्रप्रसाद बडु, किशोरसिंह राठैर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी र मोहनप्रसाद पाण्डे पर्नेछन् ।
यस्तै आदिवासी जनजाति कोटाबाट बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ र जीपछिरिङ लामा छनौट हुनेछन्। भने दलितबाट मानबहादुर विश्वकर्मा, मीनबहादुर विश्वकर्मा र प्रकाश रसाइली गरी तीनजना सांसद बन्ने भएका छन्।
मधेसी कोटाबाट विनोद चौधरी, स्मृतिनारायण चौधरी र नागेन्द्रकुमार राय गरी तीनजना सांसद बन्नेछन् । कांग्रेसको थारु वा मुस्लिम कोटामा पद्यमनारायण चौधरी र अतहर कमाल मध्ये एक जना बन्नेछन् । भने पीछडिएको क्षेत्रबाट अछामका रामबहादुर विष्ट सांसद बन्नेछन्।

माओवादी केन्द्र
प्रत्यक्षमा ३६ जितेर दोस्रो बनेको माओवादी केन्द्र समानुपातिकमा १७ मात्र पाउने भएपछि तेस्रो दलमा ख’म्चिएको छ माओवादी केन्द्रले समानुपातिकतर्फ १७ सिटमा कम्ती १५ जना महिला अनिवार्य पठाउनु पर्नेछ । जम्मा ५३ मा प्रत्यक्षतर्फबाट ३ जना महिलाले जितेका छन् । प्रत्यक्षमा पम्फा भुसालले ललितपुर–१, बिना मगरले कञ्चनपुर–१ र कमला रोकाले रुकुम पूर्वबाट चुनाव जितेका छन् । प्राप्त मतका आधारमा माओवादीले समानुपातिकबाट द’ई प’रुस रहेका छन् । जमा खसआर्य कोटाको पहिलो नम्बरमा हितराज पाण्डे, आदिवासी जनजातिको पहिलो नम्बरमा सुनिलकुमार मानन्धर, दलित कोटाको पहिलो नम्बरमा तिलक परियार, थारु क्लस्टरको पहिलो नम्बरमा रामजी चौधरी, मधेसी कोटाको पहिलो नम्बरमा जोगकुमार बरबरिया र मुस्लिम कोटाको पहिलो नम्बरमा हकी कुल्लाह मुसलमान रहेका छन् ।
माओवादी स्रोतका दुई पुरुषमध्ये एक हितराज पाण्डे सांसद बन्ने निश्चित छ भने अर्को एक जना बाँकी ६ जना मध्येबाट कसलाई पठाउने भन्ने विषयमा छलफल भइरहेको छ ।
१५ जना महिला मध्ये ५ जना खस आर्य कोटाबाट रेखा शर्मा, पूर्णकुमारी सुवेदी, धर्म्शिला चापागाईं, सत्या पहाडी र सीता पोखरेल सांसद बन्नेछन् ।
त्यस्तै आदिवासी जनजाति क्लस्टरबाट जयपुरी घर्ती, शशी श्रेष्ठ, ओनसरी घर्तीमगर र यशोदा गुरुङ सांसद बन्ने निश्चित जस्तै छ । ओनसरी घर्तीमगर निवर्तमान सभामुख ह’न् ।
त्यस्तै माओवादीले दलित कोटाबाट दुईजना महिलालाई सांसद बनाउन पाउने भएको छ । जसले गर्दा बन्द सूचिको पहिलो नम्बरमा रहेकी अञ्जना विशखे र दोस्रो नम्बरमा रहेकी दुर्गा विकले सांसद बन्ने अवसर पाउनेछिन् । मधेसी समुदायबाट इन्दु शर्मा र बोधमाया यादव छनौट हुनेछन् ।
माओवादीले थारु वा मुस्लिम कोटामध्ये एउटा बाट मात्र सांसद निर्वा्चित गर्दा थारु कोटाको पहिलो नम्बरमा रहेकी रामकुमारी चौधरी वा मुस्लिम कोटाको पहिलो सूचिकी चाँदतारा कुमारी सांसद बन्नेछिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७