कर्मचारीको क्षमता अभिवृद्धि एकद्वार प्रणालीबाट गर्नुपर्छ : मन्त्री पण्डित


४ आश्विन २०७६, शनिबार
lal babu pandit

काठमाडौं, ४ असोज । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीको क्षमता अभिवृद्धि एकद्वार प्रणालीबाट गरिनुपर्ने बताएका छन् ।


स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको २६औँ वार्षिकोत्सव समारोहका अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा उनले एकद्वार प्रणालीबाट क्षमता अभिवृद्धिका कार्यक्रम गर्दा एकरुपता हुने बताएको हो ।


उनले लोकसेवा पास गरेर मात्र कर्मचारी सेवा प्रवाहमा पूर्ण दक्ष नहुने भन्दै तालीमप्रदायक संस्थाले तालीम दिएमात्र कर्मचारी राष्ट्र र जनताप्रति पूर्ण समर्पित हुने बताए ।


उनले स्थानीय तहको कामप्रति सङ्घले हस्तक्षेप नगर्ने उल्लेख गर्दै जनतालाई सरकारको अनुभूति स्थानीय तहले उपलब्ध गराउनुपर्ने धारणा राखे । मन्त्री पण्डितले प्रतिष्ठानले जनप्रतिनिधि र कर्मचारीको क्षमता विकासमा पु¥याएको योगदानको चर्चा गर्दै मुलुकको बद्लिँदो परिस्थितिअनुसार प्रतिष्ठान उत्कृष्ट व्यावसायिक र प्रतिस्पर्धी संस्था बन्नुपर्नेमा जोड दिए ।


प्रतिष्ठानका प्रशिक्षक तथा अनुसन्धान अधिकृत दीपक थापाले आर्थिक वर्ष २०७५÷०७६ सम्म २१६ तालीममा करीब सात हजार ९४४ कर्मचारीलाई प्रशिक्षण दिइसकेको जानकारी गराए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७