शिक्षक ज्ञान दिने गुरुसँगै समाज सुधारक र परिवर्तनका संवाहक : उपराष्ट्रपति पुन


४ आश्विन २०७६, शनिबार
nanda kishor pun pasang

काठमाडौं, ४ असोज । उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षकहरु केवल बालबालिकालाई औपचारिक ज्ञान दिने गुरु मात्रै नभएर समाज सुधारक र परिवर्तनका संवाहक पनि बताएका छन् ।

नेपाल शिक्षक महासङ्घद्वारा शनिबार ललितपुरमा आयोजित ‘प्रथम राष्ट्रिय परिषद्’को उद्घाटन समारोहमा उनले भोलिको देश तथा समाज कस्तो बनाउने भन्ने कुरामा शिक्षकहरुको निकै महत्वपूर्ण भूमिका रहेको बताएका हुन् ।

शिक्षा प्रणालीमा सुधारको खाँचो रहेको बताएका छन् । शिक्षक, पाठ्यक्रम तथा पाठ्यपुस्तकको पनि सुधार गरी शिक्षाको सुधार गर्नुपर्ने बताएको हो ।

उनले संविधानमा समाजवादको सङ्कल्प गरेअनुसारको समान शिक्षा प्रणाली हुनुपर्ने उल्लेख गरे । शिक्षा र स्वास्थ्यमा राज्यले सापेक्षित लगानी गरे पनि अपेक्षित सुधार आउन नसकेको उनले बताए ।

उपराष्ट्रपति पुनले समाजवादी व्यवस्था, आम नेपालीमा समानताका लागि शिक्षामा समानता हुनका लागि सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारको विकल्प नरहेको उल्लेख गरे ।

कार्यक्रममा पूर्वशिक्षामन्त्री गङ्गालाल तुलाधरले नेपाल सरकारले केही समयअघि शिक्षामा गरेको आठाैँ र नवाैँ संशोधन अझै पनि निर्विवाद रहको जानकारी गराए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७