परिवर्तन विरोधीहरूले सरकारबारे भ्रम फैलाइरहेका छन् : प्रधानमन्त्री


४ आश्विन २०७६, शनिबार
PM KP Sharma oli Nepal PM

काठमाडौँ, ४ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विरोधीहरूले जनतामा भ्रम फैलाइरहेको बताएका छन् ।

शनिवार दिउँसो राजधानीमा बसेको संसदीय दलको बैठकमा नेकपाका अध्यक्ष समेत रहेका ओलीले नेकपाका सांसदहरूलाई सरकारले गरेको कामबारे जनतालाई जानकारी गराउन अनुरोध गर्दै सरकार विरोधीहरूले जनतामा भ्रम फैलाइरहेका बताएका हुन् । उनले भने, ‘परिवर्तन विरोधीहरूले सरकारका कामबारे भ्रम फैलाई रहेका छन् । यस्ता भ्रमबारे जनतालाई जानकारी गराउन पर्छ ।’

प्रधानमन्त्री ओलीले सरकारले कानुन बनाउने र विकास निर्माणमा सरकारको ध्यान रहेको बताउँदै भने, ‘सरकार कानुन बनाउने र विकास निर्माणमा सरकारले ध्यान दिइराखेको छ । यो कुरा जनतामाझ गएर तपाइहरूले जानकारी गराउनुपर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७