नेकपाले ६ वटै महानगरको अध्यक्ष र सचिव टुंगो लगायो


४ आश्विन २०७६, शनिबार
nekapa meeting

काठमाडौं, ४ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले देशका ६ वटै महानगरको अध्यक्ष र सचिव टुंगो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकले महानगरपालीकाको अध्यक्ष र सचिव मनोनयन गरेको हो ।

सचिवालयको निर्णय अनुसारकाठमाडौंका अध्यक्ष र सचिवमा क्रमशः निर्मल देउला र रवीन्द्र श्रेष्ठ चयन भएका छन् । ललितपुरका अध्यक्ष र सचिवमा क्रमशः मञ्जली शाक्य र ज्ञानेन्द्र शाक्य चयन भएका छन् ।

https://youtu.be/wZVDAUWi2NM

त्यस्तै, पोखरामा दीपक पौडेल र विश्वप्रकाश लामिछाने, भरतपुरमा रामप्रसाद न्यौपाने र ईश्वर सापकोटा, वीरगञ्जमा रोहबर अन्सारी र विश्वम्बर शर्मा, विराटनगरमा सागर थापा र हेम कार्की रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सांगठनिक एकीकरणसँग सम्बन्धित बाँकी विषयहरु छिट्टै बस्ने सचिवालय बैठकले टुंगो लगाउने प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७