कबड्डी कबड्डी कबड्डीले अस्ट्रेलीयामा रेकर्ड बनाउँदै


५ आश्विन २०७६, आईतवार
Kabaddi Kabaddi Kabaddi australia

अस्ट्रेलीया, ५ असोज । शुक्रबारदेखि भव्यरुपमा प्रर्दशन भइरहेको रामबाबु गुरुङ निर्देशित नेपाली फिल्म कबड्डी कबड्डी कबड्डीले अस्ट्रेलीयाका सबै स्टेटमा आक्रमक सुरुवात गरेको छ । नेपालमा ओपनिङ डे कलेक्सनमा रेकर्ड राख्न सफल यस फिल्मले अष्ट्रेलिया पनि रेकर्ड बनाउने भएको हो ।

सिड्नीका चार शोहरुको टिकट विक्रि भईसकेको छ । मेल्बोर्नको शुक्रबारको शो टिकट विक्रि भएको थियो भने सोमबारको शो पनि टिकट विक्रि भईसकेको छ ।

त्यस्तै ब्रिस्बेनमा एकैदिनमा तीन शो, होबार्टको आइतबारको सो पनि टिकट विक्रि भइसकेको छ । क्यानबेराको हिजोको शो पनि विक्रि भइसकेको छ । सबै स्टेटका आयोजकहरुले शो थप गर्ने जनाएका छ ।

चलचित्रले पहिलो दिनमा १ करोड ४७ लाखको व्यापार गरेको थियो भने प्रदर्शनको दोस्रो दिनमा चलचित्रले १.७८ करोडको ग्रस कलेक्सन गर्दै नेपाली बक्सअफिसमा नयाँ रेकर्ड राख्न सफल भएको हो । आज तेस्रो दिन यो चलचित्रको ब्यापार ४ करोडमाथी पुगेको छ ।

रामबाबु गुरुङ निर्देशित यस फिल्ममा दयाहाङ राई र उपासना सिंह ठकुरी, कर्मा, विल्सन विक्रम राई, वुद्दि तामाङ, बिजय बराल, माओत्से गुरुङ, लुनिभा तुलाधर, कमल मणि नेपाल, अरुणा कार्की पोखरेल, रिस्मा गुरुङ, पुस्कर गुरुङ, कबिता आले, डक्टर सिंह गुरुङ, शिला खनाल, मणि के. राई लगायतको अभिनय रहेको छ ।

सिनेमा आर्ट प्रालिको प्रस्तुतिमा बासुरी फिल्मस्को निर्माण तथा माउन्टेन स्टोरिजको सहकार्य रहेको फिल्ममा रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन, शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठ र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ । फिल्मलाई मणिराम पोखरेल, अर्जुन कार्की, ओम चन्द रौनियारले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७