केबीआई ग्रुपबाट प्रभात आधारभुतलाई १ लाख ७७ हजार सहयोग


७ पुष २०७४, शुक्रबार
केबीआई ग्रुपबाट प्रभात आधारभुतलाई १ लाख ७७ हजार सहयोग

उर्लाबारी: सामाजिक काममा अग्रणी केबीआई ग्रुपले उर्लाबारी ९ स्थित प्रभात आधारभुत विद्यालयको अक्षयकोषमा नगद १ लाख ७७ हजार ६ सय रुपैंया सहयोग गरेको छ ।केबीआई ग्रुपबाट प्रभात आधारभुतलाई १ लाख ७७ हजार सहयोग

विद्यालयमा बृहत कार्यक्रमको आयोजना गरि संस्थाको अध्यक्ष कसल लिम्बूले उक्त रकम विद्यालयका प्रधानाध्यापक मोहन चापाँगाई र व्यवस्थापन समितीका अध्यक्ष रुद्र सुब्बालाई हस्तान्तरण गरे ।कसलले हङकङमा ड्युटीपछि समयलाई सदुपयोग गर्दै गाउँको विद्यालयको लागि साथीभाई तथा शुभेच्छुकसँग आर्थिक सहयोग संकलन गरेकाे थिए । उक्त रकममा केबीआई गु्र्रपले संस्थाको तर्फबाट नगद ३२ हजार थप गरेको कसलले बताए ।
हस्तान्तरण कार्र्यक्रमलाई सम्बोधन गर्दै कसलले भने, हामी विदेशमा रोजगार गर्नेहरुको सानो सहयोगले विद्यालय र विद्यार्थीभाई बहिनीहरुको उज्वल भबिष्यमा सहयोग पुग्छ भने किन सहयोग नगर्ने । म यो अभियानमा साथ दिनुहुने सम्पूर्ण मेरा साथीभाई शुभेच्छुक र गु्रपका सहकर्मीहरुलाई धन्यवाद दिन चाहान्छु । किनकि तपाईहरु बिना यो काम आज सम्भव थिएन ।

आफ्नो गाउँको विद्यालयलाई सहयोग गर्न पाउदा निक्कै खुशी लागेको कसलले बताए । तपाईहरु हाम्रो सहयोगलाई सहि सदुपयोग गर्नुहोला,हामी अझै धैरै सहयोग गर्न अग्रसर हुनेछौं, कसलले भने, यो अभियान जारी रहनेछ । केबीआई गु्रपले यसअघि पनि विद्यालयलाई घेराबारा गर्न नगद ५० हजार पनि सहयोग गरेको थियो ।

सोहि कार्यक्रममा आफ्नो गाउँको समस्यालाई आफ्नै समस्या सम्झेर दिन रात लागि पर्नुहुने केबीआई गु्रपकि अध्यक्ष कसललाई दोसल्ला र सम्मान पत्रले गरिएको थियो । विद्यालय प्रधानाध्यापक मोहन चापाँगाईले केबीआई ग्रुप विद्यालयको दुख सुखको साथी भएको बताए । हाम्रै पुर्व विद्यार्थी भाई बहिनी तथा शुभेच्छुकहरुले स्थापना गरेको यस गु्रपको सफलताको कामना गर्दछु, चापाँगाईले भन्नुभयो,तपाईहरुको सहयोगले विद्यार्थी र विद्यालयको चौतर्फी विकासमा महत्वपूर्ण सहयोग मिलेको छ । हामी उक्त रकमको ब्याजबाट सकारात्मक कार्यक्रमहरु गर्नेछौ ।

उक्त विद्यालयमा विशेष गरेर सन्थाल समुदाय र विपन्न परिवारका छोराछोरीहरु अध्ययन गर्ने गर्छन । कार्यक्रममा केबीआई ग्र्रुपका अध्यक्ष कसल सहित नेपाल प्रतिनिधी योबाहाङ लिम्बू,स्थानीय पोमु लगायत अभिभावक शिक्षक र विद्यार्थीहरुको उपस्थिती रहेको थियो । केबीआई गु्रपमा भीम पन्धाक, इन्द्र खापुङ लगायत हुनुहुन्छ । संस्थाले सदस्यताको लागि इच्छुकलाई सदस्य बन्न आवह्वान गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७