नेपालको भुटानसँग लज्जास्पद हार


५ आश्विन २०७६, आईतवार
nepal team s3jfVsohs8

काठमाडौं, ५ असार । तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले भुटानसँग लज्जास्पद हार व्यहोरेको छ । साविक विजेता नेपाल भुटानसँग ३–० गोल अन्तरले पराजित भएको हो ।

नेपाललाई पराजित गर्दै भुटान साफ यू–१८ च्याम्पियन्सिपको सेमिफाइनलमा प्रवेश गरेको छ । हल्चोकस्थित एपीएफ मैदानमा पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा दुई गोल खाएको थियो । नेपालले खेलको ३७ औं मिनेटमा गोल खाएको थियो । नेपाली डिफेन्डरले बल क्लियर गर्न नसक्दा भुटानका यशी दोर्जीले गोल गरेका थिए ।

दोस्रो हाफको ८६ औं मिनेटमा भुटानले अग्रता दोब्बर बनायो । नेपालका विशाल बस्नेतले डिबक्स भित्र भुटानका खेलाडीलाई लडाएपछि पाएको पेनाल्टीमा भुटानका केल्जाङ जिग्मीले गोल गरे । त्यसपछि खेलको ९० औं मिनेटमा कर्मा सोनामको बक्स बाहिरबाट गोल गर्दै भुटानलाई ३–० को जित दिलाए ।

हारसँगै समूह ’ए’ मा रहेको नेपालको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । नेपालले २ खेलमा १ अंक जोडेको छ । भुटान भने सेमिफाइनलमा पुगेको छ । भुटानले १ खेलमा ३ अंक जोडेको छ । माल्दिभ्सको पनि १ अंक रहेको छ । अब नेपालको सेमिफाइनल यात्रा भुटान र माल्दिभ्सबीचको खेलले तय गर्नेछ । नेपालले पहिलो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७