सिटी एक्सप्रेस र मेगा बैंकद्वारा साउदी अरबको नेशनल कमर्सियल बैंक क्विक पेसँग रेमिटान्स कारोबार सुरु


५ आश्विन २०७६, आईतवार
city express and megha bank

काठमाडौं, ५ असाेज ।  सिटी एक्सप्रेस मनी ट्रान्सफर र मेगा बैंकको सहकार्यमा साउदी अरबको ख्याति प्राप्त बैंक नेशनल कमर्सियल बैंक क्विक पेबीच रेमिटान्स कारोबार सुरु भएको छ ।

क्विक पेको ३७७० एटिएमका साथै ४०० भन्दा बढि रेमिटान्स सेन्टरहरुबाट मेगा बैंक मार्फत सिटी एक्सप्रेसको कुनै पनि ७००० भन्दा बढि एजेन्टहरु र मेगा बैंकको १०२ ब्रान्चहरुबाट नगद वा कुनै पनि बैंक खातामा पैसा जम्मा गर्न सकिने छ ।

नेशनल कमर्सियल बैंकको उच्च अधिकारीहरुले सिटी एक्सप्रेस तथा मेगा बैंकको सहकार्यमा सम्झौता भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा नयाँ प्रविधि र बृहत बजार रणनीतिको साथ अगाडी बढ्ने बताएका छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ बर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरु बाट ७००० भन्दा बढि नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेका छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७