हङकङ साहित्यिक साझा श्रृंखलाको नेतृत्वमा सुनिता र दिपेन्द्र


५ आश्विन २०७६, आईतवार
Hongkong Literautre

हङकङ : हङकङ साहित्यिक साझा श्रृंखलाको संयोजकमा सुनिता गिरी र सह–संयोजकमा दिपेन्द्र राई चयन भएका छन् । आठौं वार्षिकोत्सवसंगै नेतृत्व परिवर्तन भएको हो ।

श्रृंखलाका संयोजक डी.बी. पालुङवाको अध्यक्षता र साहित्यकार तथा संस्कृति अनुसन्धाता अतीत मुखियाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्थानीय नेपाली भाषा तथा साहित्यको विकासमा विशेष योगदान पुर्याउने व्यक्तित्वहरुलाई एक हजार एक सय एघार हङकङ डलर नगद पुरस्कार सहित ताम्रपत्रद्वारा सम्मान गरिएको थियो ।

यसरी सम्मानित हुनेहरुमा नेपाली भाषा तथा साहित्य सेवा पुरस्कार– अतीत मुखिया, स्रष्टा र सृजना पुरस्कार– ‘माइत जाने बाटो’का सर्जक सुनिता गिरी र ‘टाँकीका फूलहरु’का सर्जक दाजु गुरुङ, नेपाली भाषा साहित्य र चित्रकारिता पुरस्कार– दिपेन्द्र राई तथा नवप्रतिभा पुरस्कार– इक्सा लिम्बू र जस्मिना दुरा रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७