रियल मड्रिडको सेभियासँग कठिन जित


६ आश्विन २०७६, सोमबार
sevilla 0 1 real madrid rnmI7YDFhY

काठमाडौं, ६ असोज । स्पेनिस ला लिगामा रियल मड्रिडले सेभियालाई १–० ले हराएको छ । च्याम्पियन्स लिगमा पीएसजीसँग ३–० ले हारेपछि पहिलो पटक मैदानमा उत्रिएको रियलले सेभियामाथि कठिन जित हात पारेकाे छ ।

सेभियाको मैदानमा भएको खेलमा रियलले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो । त्यसो त उसले मौकाहरुको सिर्जना गरे पनि गोल भने गर्न सकेन । दोस्रो हाफमा भने रियलले खेलमा अग्रता बनायो ।

उसका लागि करिम बेन्जिमाले गोल गरे । कारभाजेलको पासको सदुपयोग गर्दै उनले गोल गरेका थिए । त्यसपछि सेभिया खेलमा फर्कन सकेन र रियलले तीन अंक जोड्यो । यो जितले रियलले शीर्ष स्थानको एथ्लेटिक क्लबसँग अंक बराबरी गरेको छ । दुवैको पाँच खेलमा ११ अंक भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७