एनआरएन दक्षिण कोरियाको अध्यक्षमा यज्ञराज सुवेदी निर्वाचित


६ आश्विन २०७६, सोमबार
nrn korea1

सोल, ६ असोज । दक्षिण कोरियाको एनआरएनको अध्यक्षमा यज्ञराज सुवेदी निर्वाचित भएका छन् । सुवेदी ७ सय ९४ मत ल्याएर विजयी भएका हुन् । उनले अध्यक्षका प्रत्यासी विपिन गुरुङ र बुद्धि गुरुङलाई पछि पारे ।

वरिष्ठ उपाध्यक्षमा दीपक पुन विजयी भएका छन् । उनले ९६६ मत ल्याए पनि प्रत्यासी अमृत राई ६३१ मत ल्याए ।

यसैगरी उपाध्यक्षमा सञ्जिव राई, सोम तामाङ र यदु लामिछाने विजयी भए । महासचिवमा विमल सुवेदी र युवा संयोजकमा अरुण श्रेष्ठ विजयी भएका छन् । सचिवमा मनोज गौतम र राजकुमार स्याङतान, कोषाध्यक्षमा चन्द्र राना, सहकोषाध्यक्षमा सन्तोष खड्का विजयी भएका छन् ।

त्यस्तै महासचिवमा बिमल सुवेदी, सचिवमा राजकुमार स्याङ्ताङ र मनोज गौतम विजयी भएका छन्। त्यसैगरी कोषाध्यक्षमा चन्द्र राना सहकोषाध्यक्षमा सन्तोष खड्का, महिला संयोजकमा शुभद्रा पालुङ्गवा निर्वाचित भएका छन् । सदस्यहरूमा दिनेश चौँलागाई, उमेश पोख्रेल, ओम बहादुर कार्की, सुवास चन्द्र चौधरी, अवधेश कुमार चौरसिया, बिश्वमणी दाहाल विजयी भएका छन् ।

 

आइसिसी सदस्यमा निवर्तमान अध्यक्ष लक्ष्मी लामा गुरुङ र ओम जुग्जाली निर्विरोध चयन भएका छन् । भने सदस्य पनि निर्बिरोध नै चयन भएका हुन् । विजयी सबैंलाई एनआरएनका केन्द्रीय उपाध्यक्ष कुमार पन्तले पद तथा गोपनियताको शपथ खुवाएका थिए ।

२८७९ मतदाता रहकोमा १८१२ मत खसेको थियो । निर्वाचन मण्डलको संयोजक देवी बस्नेतको अध्यक्षता भएको मत परिणाम घोषणाको सञ्चालन निर्वाचन मण्डलकै सदस्य अशोक मैनालीले गरेका हुन् ।

मत मरिणामको पुरा विवरण
अध्यक्ष
यज्ञराज सुवेदी- ७९४ ( विजयी)
विपिन गुरुंग- ६५४
वुद्धि गुरुंग-३१८

वरिष्ठ उपाध्यक्ष
दिपक पुन- ९६६ ( विजयी)
अमृत राई ६३१

उपाध्यक्ष
संजिव राई- ८०३ (विजयी)
सोम तामांग- ७०५ (विजयी)
इदु लामिछाने- ६०९ (विजयी)
अम्बिका- ५७७
ईश्वर- ४२८

महासचिव
विमल सुवेदी- ८६३ ( विजयी)
धर्मराज जोशी( ६०९)

सचिव
राजकुमार स्याङ्गताङ्ग- ७७२ (विजयी)
मनोज गौतम- ५६९ (विजयी)
किशोर कोइराला-५२६
रोशन भट्टराई-५०८

कोषाध्यक्ष
चन्द्र राणा- ६०१ (विजयी)
कु सांग- ४७३
राजे न्द्र दुलाल-५०४

युवा संयाेजक
अरुण श्रेष्ठ- ८८९ (विजयी)
टिकाराम सुव्वा( ४३६)
अभिसेक सापकोटा( ३१९)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७