मेस्सी, रोनाल्डो र डाइकमध्ये कसले मार्ला फिफा बर्ष खेलाडीको बाजी ?


६ आश्विन २०७६, सोमबार
three yvYIvrwJ7Y

काठमाडौं, ६ असोज । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज (सोमबार) राति फिफा वर्ष खेलाडी अवार्डको घोषणा गर्दैछ ।

इटालीको मिलानमा फिफाले सार्वजनिक गरेको अन्तिम मनोनयनमा तीन खेलाडी छन् । जसमा बार्सिलोनाका लियोनल मेस्सी र लिभरपुलका भिर्जिल भान डाइक र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो रहेका छन् ।

लिभरपुललाइ च्याम्पिन्स लिगको उपाधि दिलाउदा उत्कृष्ट भूमिका निभाएका डाइक पहिलो पटक यो अवार्डको शीर्ष तीनमा परेका हुन् । उनले यसअघि यूईएफए वर्ष खेलाडीको अवार्ड पनि जितेका छन् । सो बेला उनले मेस्सी र रोनाल्डोलाई नै पछि पारेका थिए ।

यो अवार्डको लागि मनोनयमा रहेका अर्का खेलाडी हुन् क्रिस्टियानो रोनाल्डो । रोनाल्डोले यस वर्ष पोर्चुगललाई युईएफए नेसन्स लिगको उपाधि र युभेन्ट्सबाट इटालियन सिरी ’ए’ उपाधि जितेका थिए । यूईएफए वर्ष खेलाडीमा तेस्रो स्थानमा रहेका उनले यो अवार्ड हात पार्ने सम्भावना पनि प्रबल रहेको छ ।

अर्का स्टार जो मनोनयनमा परेका छन्, ती हुन मेस्सी । उनले बार्सिलोनाबाट अघिल्लो सिजन ला लिगाको उपाधि जितेका थिए । यस्तै, च्याम्पियन्स लिगमा सर्वा्धिक गोलकर्ता पनि बनेका थिए भने सो प्रतियोगितामा युरोपियन गोल्डेन बुट समेत जितेका थिए ।

महिलातर्फ यूईएफए वर्ष खेलाडी अवार्ड जितेकी लुसी ब्रोन्ज, एलेक्स मोर्गन र मेगान रापोनी परेका छन् भने वर्ष पुरुष प्रशिक्षकमा पेप ग्वार्डीवाला, योर्गेन क्लोप र माउरिसियो पोचेटेनो रहेका छन् ।
महिला प्रशिक्षकमा ग्रे नेभिल्स, जिल एलिस र सरिना विगम्यान रहेका छन् ।

वर्ष गोलकिपर अवार्डका लागि एलिसन बेकर, एण्डरसन मोरिस र मार्क टेर स्टेगेन परेका छन् । वर्ष उत्कृष्ट गोल पुस्कास अवार्डका लागि लियोनल मेस्सी, जुवानफर क्वान्टेरो र डानियल जेसोरीको गोल शीर्ष तीनमा परेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७