वैज्ञानिकले भेटाए पृथ्वीभन्दा दुईगुणा ठूलो ‘सुपर अर्थ’


६ आश्विन २०७६, सोमबार
images stories 2019 2019 09 2019 09 13 super earth 1

काठमाडौं, ६ असोज । वैज्ञानिकले पृथ्वीभन्दा दुईगुणा ठूलो ‘सुपर अर्थ’ फेला पारेका छन् । जसले आफ्नो सुर्यको एक फन्को पृथ्वीको ३३ दिनमै परिक्रमा गर्छ । पृथ्वीजस्तै वातावरण रहेको अनुमान गरिएको यस ‘सुपर अर्थ’ मंगल ग्रहभन्दा आठ गुणा ठूलो छ ।

युनिभर्सिटी कलेज लन्डनका वैज्ञानिकहरूले यो ग्रहको तापक्रम मानवसहित अन्य जीव वा प्राणीका लागि सजिलैसँग बाँच्न सक्ने किसिमको छ भन्ने बताएका छन् । यो ग्रहका आफ्ना छुट्टै ताराहरू छन् । ती एकदमै नजिक पनि छन् । ती ताराहरूले यसको वरिपरि परिक्रमा गर्छन् । त्यसैगरी उक्त ग्रहले पनि आफ्नो एक चक्र पूरा गर्न ३३ दिन मात्र लगाउँछ ।

‘सुपर अर्थ’ लाई परिक्रमा गर्न ३३ दिन मात्र लाग्नुको कारण यो आफ्ना ताराहरू भन्दा एकदमै नजिक भएको वैज्ञानिहरूले बताएका छन् । ‘सुपर अर्थ’ सन् २०१५ मा नासाको ‘केप्लर स्पेसक्राप्ट’ ले पहिलो पटक पत्ता लगाएको थियो । तर, यसबारे अहिले देखिएका केही तथ्यहरूले वैज्ञानिकलाई अचम्ममा पारेका छन् ।

त्यहाँ अहिले पत्ता लागेको तापक्रम, वातावरण र पानी सबै पृथ्वीसँग मिल्दोजुल्दो रहेको छ । ग्रहको वायुमण्डलमा जलको वाष्पीकरणले त्यहाँ चट्टान र बरफ हुन सक्ने सम्भावना रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७