विराट र अनुष्काको पार्टीमा प्रधानमन्त्री मोदी पुगेपछि (फोटो फिचर)
दिल्ली: भारतीय क्रिकेटर विराट कोहली र नायिका अनुष्का शर्माको रिसेप्शन आयोजना दिल्लीको पांच सितारा होटलमा गरिएको छ। उक्त रिसेप्सन पार्टीमा केहि यस्तो महान व्यक्तिहरूपनि आएका छन्।
विराट र अनुष्काको रिसेप्शन पार्टीमा भारतको प्रधानमन्त्रि नरेन्द्र मोदीलाईपनि बोलाइएको थियो। विराट कोहली कालो कलरको सुटमा देखिएको छ र अनुष्का शर्मा रातो कलरको साडीमा एकदम राम्री देखिएकी छिन्। उनीहरुले पार्टीमा पुगेका सबैलाई स्वागत गरेका छन्।
प्रधानमन्त्री मोदी उनीहरुको रिसेप्शन पार्टीमा पुगी शुभकामना दिए। विराट र अनुष्काको पार्टी पत्रकारहरुको उपस्थिति रहेको थियो। पांच सितारा होटलमा धुमधामको साथ पार्टी सम्पन्न गरिएको छ।