नयाँ सरकारको नेतृत्व आलोपालो गर्न सहमती भएको प्रचण्डको खुलासा


८ पुष २०७४, शनिबार
Puspakamal Dahal Prachand M

चितवन : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग नयाँ सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको बताएका छन् । कुन दलले अगाडि र कुन दलले पछि नेतृत्व गर्ने भन्ने विषयमा छलफल हुन बाँकी रहेको उनले बताए । पार्टी एकता संयोजन समितिले सरकार गठनको विषयमा अन्तिम टुंगो लगाउने प्रचण्डको भनाइ छ ।Puspakamal Dahal Prachand M

‘सरकारको नेतृत्व आलोपालो गर्ने सैद्धान्तिक सहमति भएको छ । को अघि र को पछि तथा कति समय भन्नेबारे छलफलपछि टुंगो लाग्नेछ,’ प्रेस सेन्टर चितवनले शुक्रबार गरेको पत्रकार भेटघाटमा प्रचण्डले भने । शनिबार बस्ने एकता संयोजन समिति बैठकले सरकारका विषयमा टुंगो लगाउने उनले बताए ।

मोदीको बधाई मात्र
प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई फोन गरेर बधाई दिएको बताए । ‘फोन सम्पर्कमा बधाई दिनुबाहेक मोदीले अन्य विषयमा कुरा नगरेको प्रस्ट पार्छु,’ अध्यक्ष प्रचण्डले भने, ‘म मात्रै होइन, प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीलाई पनि बधाई मात्र दिएको बुझेको छु ।’

राष्ट्रिय सभा समावेशी
अध्यक्ष प्रचण्डले राष्ट्रिय सभा समावेशी चरित्रको हुनुपर्ने बताए । राष्ट्रिय सभा गठन गर्ने विधि बहुमतीय प्रणालीभन्दा एकल संक्रमणीय प्रणाली बढी समावेशी हुने उनको भनाइ छ । संविधानमा प्रस्ट शब्दमा कुनै एक प्रणाली उल्लेख नहुँदा अहिले राष्ट्रिय सभा गठनमा जटिलता आएको उनले बताए ।

‘राष्ट्रिय सभा समानुपातिक र समावेशी चरित्रको हुनुपर्छ,’ उनले भने, ‘राष्ट्रिय सभाका विषयमा सहमतिको प्रयास भइरहेको छ ।’ राष्ट्रिय सभा र प्रतिनिधिसभा मिलाएर बन्ने संघीय संसद्मा एकतिहाइ महिला सदस्य चाहिने संवैधानिक प्रावधान रहेको उनले बताए ।

नयाँपत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७