फिफा वर्ष खेलाडीमा मेसीको डबल ह्याट्रिक, छैठौं पटक घोषित


७ आश्विन २०७६, मंगलवार

काठमाडौं, ७ असोज । बार्सिलोना र अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी छैटौंपटक विश्वको उत्कृष्ट खेलाडी घोषित भएका छन् । फिफा वर्ष खेलाडीमा दोहोरो ह्याट्रिक गरेका मेसी यससँगै सबैभन्दा धेरैपटक वर्ष खेलाडी बन्न सफल भएका छन् ।

रोनाल्डोलाई पछि पार्दै मेसी छैटौंपटक फिफा वर्ष खेलाडी बनेका हुन् । सोमबार मिलानमा आयोजित समारोहमा मेसीले क्रिष्टियानो रोनाल्डो र भर्जिल भान डाइकलाई पछि पार्दै फिफा वर्ष खेलाडीको अवार्ड जितेका छन् ।

मेसी यसअघि सन् २००९, २०१०, २०११, २०१२ र २०१५ मा पनि वर्ष खेलाडी घोषित भइसकेका छन् । ३२ वर्षे मेसीले यसपटक बार्सिलोनालाई ला लिगाको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । योसँगै बार्सिलोनालाई उनले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुर्‍याउन योगदान दिएका थिए ।jldpetj34aysecsrcwfp

महिलातर्फ भने संयूक्त अधिराज्य अमेरिकाकी मेगान रापिनाइ वर्ष खेलाडी घोषित भएकी छन् । यस्तै वर्ष प्रशिक्षक पुरूषतर्फको उपाधि लिभरपुलका प्रशिक्षक जर्गेन क्लोप्पले जितेका छन् भने महिलातर्फको उपाधि जिल एलिसको पोल्टामा गएको छ । जर्गेनको प्रशिक्षत्वमा लिभरपुलले टोटनहमलाई २–० ले हराउँदै च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।ierx1mzuikebvgaoatzb

यस्तै उत्कृष्ट गोलरक्षकतर्फको अवार्ड लिभरपुलका एलिसनले जित्दा फेयरप्लेको अवार्ड भने लिड्सका प्रशिक्षक मार्सेलो बिएल्साले जिते । त्यसैगरी उत्कृष्ट गोलकर्तालाई दिइने पुस्कास अवार्ड १८ वर्षीय ड्यानियल ज्सोरीलाई दिइएको छ ।

हंग्रेरियन लिगमा अतरिक्त खेलाडीका रूपमा ९३ औं मिनेटमा डेन्रिसेनका लागि फेरेनकाभारोस विरूद्ध गरेको गोलका लागि उनले पुस्कास अवार्ड जितेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७