यात्रुको सहजताका लागि ‘नागरिक सहायता कक्ष’ सुरु


७ आश्विन २०७६, मंगलवार

काठमाडौं, ७ असोज ।
सरकारले यात्रुको टिकटसम्बन्धी कुनै पनि समस्या पर्दा समाधानका लागि विभिन्न स्थानमा ‘नागरिक सहायता कक्ष’ सुरु गरेको छ । काठमाडौं उपत्यकामा टिकट काउन्टर रहेका स्थानमा कक्ष सुरु गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

आइतबार अग्रिम टिकट सुरु भएपछि सोही दिनबाट नयाँ बसपार्कमा सहायता कक्ष सुरु गरिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । मंगलबारदेखि कलंकी र बल्खुमा पनि नागरिक सहायता कक्ष सुरु गरिएको छ ।

बुधबारदेखि थप १४ स्थानमा कक्ष सुरु गर्ने योजना रहेको विभागले जनाएको छ । यात्रुका गुनासा सुन्ने र सोही स्थानबाट सहयोग गर्ने उद्देश्यले कक्ष सुरु भए पनि अहिलेसम्म खासै समस्या नआएको उनले बताए । उनले भने, ‘धेरै ठाउँमा कक्ष खोलिएपछि गुनासो आउन सक्छ ।’

यात्रुले टिकट काउन्टर पुगेको दुई घण्टाभित्रमा टिकट काटिसक्ने गरी व्यवस्था मिलाइएको महानिर्देशक हमालले बताए । नयाँ बसपार्कमा पहिलो दिन धेरै भीडभाड भए पनि अहिले भीड कम भइसकेको छ । विभागले दशैँ लक्षित गरेर अनुगमनलाई तीव्र बनाएको बताइएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७