हवाई कारबाहीमा तीस तालिवानी मारिए


७ आश्विन २०७६, मंगलवार

अफगानस्तान, ७ असोज । अफगानिसतानको उत्तरी प्रान्त बादख्शानको राघिस्तान जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका स्थानलाई लक्ष्यगरी गरिएको हवाई कारबाहीमा परी कम्तीमा ३० लडाकू मारिएको प्रान्तीय सरकारका प्रवक्ता निक मोहमद नाजिरले मंगलबार जानकारी
दिएका छन् ।

सो हवाई कारबाहीमा तालिबान लडाकू समूह लुकेर बसेका तीन ओटा बासस्थानमा र हातहतियार ध्वस्त भएको जनाइएको छ । विगत दुई सातामा बादख्शान प्रान्तको तीनवटा जिल्ला गुमाएका तालिबान लडाकू समूहले यस कारबाहीको कुनै टिप्पणी गरेका छैन । (रासस÷सिन्हवा)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७