चाडपर्वका लागि खाद्यान्न वितरण


७ आश्विन २०७६, मंगलवार

हुम्ला, ७ असोज । दशैंको मुखैमा घरमा खाने अन्न नभएपछि खाद्य संस्थान हुम्लाले दशैंतिहारका लागि खाद्यान्न वितरण गरेको छ । बर्सेनि खाद्यान्न अभाव हुने हुम्लामा चाडपर्व लक्षित गर्दै संस्थानले प्रतिव्यक्ति पाँच किलोका दरले खाद्यान्न वितरण गरिएको खाद्य संस्थान हुम्लाका प्रमुख रामबहादुर विष्टले जानकारी दिए ।

निमित्त प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार जिल्लाका कर्मचारीलाई पनि एक दुई दिनभित्रै १५ केजीका दरले खाद्यान्न वितरण गरिने छ । बजारमा चामल अभाव भएपछि संस्थानले स्टक राखेको चामल नागरिकतलाई वितरण गरेको हो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७