७ मध्ये ६ प्रदेशमा वाम सरकार निश्चित


८ पुष २०७४, शनिबार
UML and moist 1

काठमाडौं : निर्वाचन आयोगले शुक्रबार प्रदेश सभातर्फको समानुपातिक सिट वाँडफाँट सार्वजनिक गर्‍यो। प्रदेश सभामा २ नम्बर प्रदेशबाहेक अन्य प्रदेशमा वाम गठवन्धनको बहुमत रहेको छ।UML and moist 1

समानुपातिक निर्वाचन तर्फको सिट बाँडफाँट सँगै प्रदेश सरकारको चित्र पनि देखिएको छ। समानुपातिक तर्फको नतिजा सर्वाजनिक हुँदा प्रदेश १ र ३ मा एमाले बहुमतमा छ भने प्रदेश २ बाहेकमा बाम गठवन्धन अघि छ। प्रदेश २ मा मधेसवादी दलको बहुमत छ। समानुपातिक तर्फ कांग्रेस एमाले भन्दा जम्मा ३ सिटले पछि छ। एमालेले सबै प्रदेशमा गरेर ७५ सिट पाएको छ भने कांग्रेसले ७३ सिट ल्याएको छ।

प्रदश नम्बर १ मा ५१ सिट एमालेले पाएको छ भने कांग्रेसले २१ सिट र माओवादीको १५ सिट छ। यस्तै प्रदेश नम्बर २ मा मधेसवादी दलले ५४ सिट पाएका छन्। सघीय समाजवादी फोरमको २९ र राजपाको २५ सिट छ। एमालेको २१, कांग्रेसको १९ र माओवादीको ११ सिट छ।

प्रदेश नम्बर ३ मा ५९ सिट एमालेको छ। यो एमालेको एकल बहुमत हो। माओवादीको २२ सिट छ र कांग्रेसको २१ सिट छ।

प्रदेश नम्बर ४ मा एमाले २७ र माओवादीको १२ सिट छ। कांग्रेसको १५ सिट छ।

प्रदेश नम्बर ५ मा एमालेले ४१ र माओवादीले २० सिट प्राप्त गरेका छन्। यहाँ कांग्रेसको १९ सिट प्राप्त गरेको छ।

प्रदेश नम्बर ६ मा २० सिटमा एमाले विजेता बनेको छ भने १३ सिटमा माओवादी छ। यस्तै ६ सिटमा कांग्रेस छ। यस्तै ७ नम्बर प्रदेशमा एमालेले २५ सिटको जित निकालेको छ। माओवादीको १७ सिट सहित बाम गठवन्धनको बहुमत यो प्रदेशमा देखिन्छ। कांग्रेसको १० सिट यो प्रदेशमा छ।

नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७