स्पेनिस ला लिगामा बार्सिलोना र रियल बेटिसको जित


८ आश्विन २०७६, बुधबार
la liga

काठमाडौं, ८ असोज । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । बुधबार बिहान भएको खेलमा भिल्लारियलमाथि २–१ गोलको जित निकालेको हो ।

अघिल्लो साता ग्रानाडासँग पराजित भएको बार्सिलोनाको प्लेयिङ सेटमा सुरुमै लियोनल मेस्सी खेलेका थिए । तर उनी दोस्रो हाफमा भने रिप्लेस भएका थिए । पहिलो हाफको छैठौं मिनेटमा मेस्सीको सहयोगमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । आर्थर रामोसले १५ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए ।

मेस्सीका साथै लुइस स्वारेज पनि सुरुकै प्लेयिङ सेटमा रहेका थिए । भिल्लारियलका लागि सान्टियागो गोन्जालेजले गोल गर्दै अग्रता २–१ मा झारे पनि हार भने टार्न सकेनन् । जितसँगै बार्सिलोना ला लिगाको चौथो स्थानमा उक्लिएको छ ।
\

अर्को खेलमा रियल बेटिस विजयी भएको छ । मंगलबार राति भएको खेलमा रियल बेटिसले लेभान्टेलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । रियल बेटिसले १ गोलको अग्रता उल्टाउँदै बेटिसले ३ गोल थपेको थियो । हेरनानी फोरटेजले सातौं मिनेटमा गोल गर्दै सुरवाती अग्रता दिलाएका थिए । लोर्नेज मोरोजले पहिलो हाफको इन्ज्योरी समयमा गोल गर्दै बराबरी गोल गरेका थिए ।

दोस्रो हाफको सुरुमै मोरोजले व्यक्तिगत दोस्रो गोल गरेपछि रियल बेटिसले २–१ को अग्रता बनायो । बोर्जा इग्लेसियाले ६७ औं मिनेटमा गोल गरेपछि ३–१ गोलको जित दिलाउन सफल भए ।
यस्तै, अर्को खेलमा रियल भालाडोलिड र ग्रानाडाले एक एक गोलको बराबरी खेलेका छन् । गएको साता बार्सिलोनालाई पराजित गरेको ग्रानाडाले १ गोलको अग्रता उल्ट्याउँदै भालाडोलिडसँग अंक खोस्न सफल भएको हो ।

ओस्कार प्लानोले १२ औं मिनेटमा गोल गर्दै भालाडोलिडले अग्रता बनाएको थियो । ४२ औं मिनेटमा कार्लोस फर्नान्डेजले गोल गर्दै ग्राण्डालाई खेलमा फर्काएका थिए । त्यसपछि थप गोल नभएपछि दुवै टिम एक–एक अंक लिन बाध्य भए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७