राजनीतिबाट थाकेकी छैन : करिश्मा मानन्धर


८ पुष २०७४, शनिबार
Karishma Manandhar featured Photo Glamour Nepal

काठमाडौं : नयाँ शक्ति पार्टीका नेत्री तथा अभिनेत्री करिश्मा मानन्धरले कलाकारिताझैँ अब राजनीतिबाट देश र जनताको सेवा गर्ने बताएकी छिन् । फिल्म बनाउने भन्दा राजनीतितिरै जम्ने योजना रहेको उनको भनाई छ ।

Karishma Manandhar featured Photo Glamour Nepal

डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीको समानुपातिक तर्फको पहिलो नम्बरमा थिइन्, करिश्मा । तर, नयाँ शक्ति पार्टीले मत नल्याएपछि उनको समानुपातिक तर्फ सांसद हुने सपना पुरा हुन सकेन । अब नयाँ शक्त्ति पार्टीको भबिष्यमै प्रश्न उठेको छ । तर, आफू राजनीतिबाटै केही गर्न सकिन्छ भनेर आशावादी रहेको बताउछिन् ।

ढुकढुकी, बाबुसाहेब र फागु पनि करिश्मा मानन्धरले पनि नयाँ फिल्म निर्माण गरेकी छैनन् । राजनीतिमा आफूलाई अभ्यस्त गराउँदै गएकी करिश्मा अब तत्काल फिल्म बनाउने सोचमा छैनन् । ‘कलाकारिताझैँ अब राजनीतिबाट देश र जनताको सेवा गर्छु,’ उनी भन्छिन्, ‘मेरो तत्काल फिल्म बनाउने कुनै सोच छैन ।’

गत भदौमा आफ्नै नामबाट फिल्म निर्माण कम्पनी खोलेकी अभिनेत्री नीता ढुंगानाको फिल्म पनि बनेको छैन । उनी निकट भविष्यमै फिल्म निर्माण गर्ने योजनामा भने छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७