विश्वका शक्तिशाली देशका राष्ट्रप्रमुखको तलब कति ?


८ पुष २०७४, शनिबार
Trump Xi
China’s President Xi Jinping (L) and US President Donald Trump attend a welcome ceremony at the Great Hall of the People in Beijing on November 9, 2017. / AFP PHOTO / NICOLAS ASFOURI

अमेरिका, चीन, फ्रान्स, जर्मनी, जापान, सिंगापुरलगायत विश्वका ठूला र विकशित देशका राष्ट्रपति तथा प्रधानमन्त्रीको तलब कति होला रु सायद, यो जिज्ञासा जो–कोहीलाई लाग्न सक्छ । आर्थिक रूपमा समृद्ध यी ठूला देशका राष्ट्रप्रमुखको तलब नेपाली रुपैयाँमा धेरै देखिए पनि त्यहाँ चल्ने युरो र डलरमा हिसाब गर्दा निकै कम हुन्छ । मतलब, उनीहरूले राज्यबाट कम तलब बुझ्छन् । यस्तो छ केही धनी देशका राष्ट्रपति-प्रधानमन्त्रीको तलब :

Trump Xi

डोनाल्ड ट्रम्प राष्ट्रपति, अमेरिका
अमेरिका विश्वकै सबैभन्दा शक्तिशाली मुलुक । उसको आर्थिक सफलताको बयान गर्नैपर्दैन । अमेरिकाको सहयोगमा कैयौँ देशको आर्थिक व्यवस्था धानिएको छ । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वार्षिक तलब सिंगापुरका प्रधानमन्त्रीको भन्दा कम छ । तीन लाख ३३ हजार तीन सय ४७ युरो अमेरिकी राष्ट्रपतिको वार्षिक तलब हो । उनको तलब मासिक २७ हजार सात सय युरो हुन आउँछ । नेपाली रुपैयाँमा ट्रम्पको वार्षिक तलब ४ करोड ३३ लाख हुन्छ ।

एन्जेला मर्केल चान्सलर, जर्मनी
जर्मन चान्सलर एन्जेला मर्केलको तलब हामीले अनुमान गरेभन्दा निकै कम छ । उनको वार्षिक तलब दुई लाख ३६ हजार तीन सय ६५ युरो अर्थात् झन्डै २ करोड ८६ लाख रुपैयाँ मात्रै हो । मासिक हिसाब गर्दा उनले राज्यबाट करिब १९ हजार सात सय युरो मात्रै तलब बुझ्छिन् ।

ली हसिन लुङ प्रधानमन्त्री, सिंगापुर
सिंगापुरको विकास विश्वमै नमुना मानिन्छ । हाल सिंगापुरमा ली हसिन लुङ प्रधानमन्त्री पदमा छन् । उनको वार्षिक तलब १४ लाख १६ हजार सात सय २६ युरो छ, अर्थात् १७ करोड १४ लाख २३ हजार रुपैयाँ छ । मासिक झन्डै मासिक १ लाख १८ हजार युरो हुन आउँछ ।

इम्यानुअल म्याक्रोन राष्ट्रपति, फ्रान्स
फ्रन्च राष्ट्रपति इम्यानुअल म्याक्रोनको वार्षिक तलब एक लाख ७९ हजार आठ सय ८० युरो छ । यो आधारमा उनी मासिक करिब १५ हजार युरो राज्यबाट बुझ्छन् । नेपाली रुपैयाँमा उनको वार्षिक तलब दुई करोड १७ लाख हुन्छ ।

थेरेसा मे प्रधानमन्त्री, बेलायत
बेलायती प्रधानमन्त्री थेरेसा मे राज्यबाट वार्षिक १ लाख ७९ हजार एक सय ७४ युरो तलब बुझ्छिन् । मासिक हिसाब गर्दा करिब १५ हजार युरो मात्रै हुन आउँछ । थेरेसाको वार्षिक कमाइ नेपाली रुपैयाँमा सवा दुई करोड हुन्छ ।

सिन्जो आवे प्रधानमन्त्री, जापान
जापानका प्रधानमन्त्री सिन्जो आवेले वार्षिक एक लाख ६९ हजार एक सय ७३ युरो तलब पाउँछन् । मासिक करिब १४ हजार युरो उनको तलब हो । उनको वार्षिक तलबलाई नेपाली रुपैयाँमा हिसाब गर्दा दुई करोड चार लाख हुन्छ ।

भ्लादिमिर पुटिन राष्ट्रपति, रुस
विश्वकै शक्तिशाली राष्ट्र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले वार्षिक एक लाख १३ हजार तीन सय ३८ युरो अर्थात् एक करोड ३७ लाख नेरु तलब बुझ्छन् । युरोमा उनको मासिक तलब साढे नौ हजार मात्रै हुन्छ ।

सी जिन पिङ राष्ट्रपति, चीन
आर्थिक क्रान्तिमा अमेरिकालाई चुनौती दिइरहेको राष्ट्र चीनका राष्ट्रपति सी जिन पिङको तलब पनि सोचेभन्दा निकै कम छ । उनको वार्षिक तलब १८ हजार तीन सय ४८ युरो हो अर्थात् करिब २२ लाख नेपाली रुपैयाँ हो । मासिक तलब एक हजार पाँच सय युरो मात्रै हुन्छ ।

नरेन्द्र मोदी प्रधानमन्त्री, भारत
आर्थिक क्रान्तिमा विश्वमा चम्किँदै गरेको देश हो, भारत । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वार्षिक तलब २६ हजार पाँच सय ७३ युरो मात्रै छ । मासिक उनको तलब दुई हजार दुई सय १४ युरो हुन्छ । नेपाली रुपैयाँमा हिसाब गर्दा वार्षिक उनी ३२ लाख रुपैयाँ तलब बुझ्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७