त्रिकोणात्मक सिरिजका लागि नेपाली क्रिकेट टिम सिंगापुर जाँदै


८ आश्विन २०७६, बुधबार
Nepali Cricket Team

काठमाडौं, ८ असोज । आयोजजक टिम सिंगापुर र टेष्ट राष्ट्र सम्मिलत त्रिकोणात्मक सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज सिंगापुर प्रस्थान गर्दैछ । शुक्रबारदेखि सुरु हुने प्रतियोगिताका लागि नेपाल बुधबार राति सवा १५ बजे सिल्क एयरको विमानबाट सिंगापुर जाने भएको हो ।

नेपाली टिम आज राति १० बजेर १५ मिनेटमा सिल्क एयरबाट सिंगापुर प्रस्थान गर्ने टिम म्यानेजर रमन शिवाकोटीले जानकारी दिए ।

त्रिकोणात्मक सिरिजको पहिलो खेलमा शुक्रबार नेपालले जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्नेछ । डबल राउण्ड रोविनको आधारमा सञ्चालन सिरिजमा नेपालले आफ्नो दोस्रो खेल शनिबार सिंगापुरसँग खेल्नेछ भने तेस्रो खेलमा जिम्बाब्वेसँग अक्टोबर १ मा प्रतिस्पर्धा गर्नेछ ।


त्यस्तै अक्टोबर २ मा सिंगापुरसँग खेल्नेछ । शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।


दिपेन्द्रसिंहलाई उपकप्तानको जिम्मा
नेपालले दुई साताको बीचमा दुई प्रतियोगिता खेल्ने क्रममा युवा खेलाडीहरुले अधिक अवसर पाएका छन । नियमित उपकप्तान ज्ञानेन्द्र मल्लसहित शरद भेषावकर र बसन्त रेग्मीलाई आराम दिइएको छ ।
यू–१९ टिमका कप्तान भइसकेका युवा खेलाडि दिपेन्द्र सिंहलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । भने उनीहरुको ठाउँमा इसान पान्डे, कुशल मल्लजस्ता युवा खेलाडीले टिममा स्थान पाएका छन् ।
कप्तान पारसबाहेक सबै खेलाडी पछिल्लो पुस्ताका छन् । नेपाली टोलीको औषत उमेर नै २४ वर्ष छ ।
त्रिकोणात्मक सिरिजपछि नेपाली टोली अन्तराष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिताका लागि ओमान प्रस्थान गर्नेछ । ओमानमा नेपालले घरेलु टोलीसहित हङकङ, नेदरल्याण्ड्स, आयरल्याण्डसँग खेल्नेछ ।

सन्दीप लामिछाने  वेस्ट इन्डिजबाटै सिंगापुर अाउने

लेग स्पिनर सन्दीप लामिछानेपनि भोली विहान सम्म वेस्ट इन्डिजबाट सिंगापुर पुगि सक्ने छन् । शिवाकोटीका अनुसार सन्दीप सिंगापुरको लागि मंगलबारनै वेस्ट इन्डिजबाट प्रस्थान गरि सकेका छन् । सन्दीपले क्यारेवियन प्रिमियर लिगमा बार्बाडोस ट्राईडेन्सबाट ६ खेल्दै ८ विकेट लिएका छन् ।

नेपाली टिम

पारस खड्का (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, विनोद भण्डारी, सन्दीप लामिछाने, सन्दीप जोरा, ललितनारायण राजवंशी, पवन सर्राफ, अभिनास बोहरा, कुशल मल्ल, आरिफ शेख, रोहितकुमार पौडेल, सुसन भारी, इशान पाण्डे ।

सिंगापुरमा नेपालको खेल तालिका

असोज १० गते नेपाल भर्सेस जिम्बावे
असोज ११ नेपाल भर्सेस सिंगापुर
असोज १४ गते नेपाल भर्सेस जिम्बावे
असोज १५ गते नेपाल भर्सेस सिंगापुर

ओमानमा हुने टि२० सिरिजको तालिका

नेपाल विरुद्ध हङकङ (असोज १९ गते)
नेपाल विरुद्ध नेदरल्यान्ड्स (असोज २०गते)
नेपाल विरुद्ध आयरल्यान्ड (असोज २२गते)
नेपाल विरुद्ध ओमान (असोज २३गते )

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७