एनआईसी एशियाद्धारा बीमा सुविधा अन्तर्गतको रकम भुक्तानी


८ आश्विन २०७६, बुधबार
NIC ASIA insurace claim reimbursement pic


काठमाडौं, ८ असोज । एनआईसी एशिया बैंक लिमिटेडले ल्याएको बचत खाताको योजना अन्तर्गत विभिन्न खातावालाहरुलाई बीमा सुविधा अन्तर्गतको बीमा रकम दाबी भुक्तानी गरिएको छ ।

जस अन्तर्गत बैंकको सुनवल शाखाका न्यू प्रिमियम समुन्नती बचत खातावाहक देउ प्रसाद गुरुङ दुर्घटनामा परी असामयिक निधन भएका कारण खातावालकी श्रीमती रन सुबा गुरुङलाई बीमा दुर्घटना वापतको रकम रु ४,९१,२५३÷ भुक्तानी जनाएको छ ।

यसैगरी बैंकले मेडिकल बीमावापतको रकम काठमाडौंको भोटाहिटी शाखाकी चमत्कारिक नारी बचत खातावाहक मीना चित्रकारलाई रु २६,५१९÷, नेपालगञ्ज शाखाकी चमत्कारिक बचत खातावाहक तारा कुमारी बुढाथोकीलाई रु ६७,९३३÷, कलंकी शाखाका चमत्कारिक तलब बचत खातावाहक ज्ञान बहादुर पराजुलीलाई रु ५९,९०४÷, झापा केचनाकवल शाखाकी चमत्कारिक बचत खातावाहक पद्मा मिश्रलाई रु १०,४३९÷ र झापा झिलझिले शाखाका चमत्कारिक बचत खातावाहक शंकर थापालाई रु २८,७५०÷ रकम भुक्तानी गरेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३५९ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७