ओसासुनालाई हराउँदै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा


९ आश्विन २०७६, बिहीबार
la liga 1

काठमाडौं, ९ असोज । स्पेनिस ला लिगामा उपाधिको दावेदार टिम रियल मड्रिड ओसासुनालाई हराउँदै लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

बिहीबार भएको खेलमा रियलले घरेलु मैदानमा ओसासुनालाई २–० ले हरायो । रियलको जितमा भिनिसियस जुनियर र रोद्रिगोले एक–एक गोल गरे । सुरुवाती आधा घण्टा गोलरहित बराबरी खेलेको रियलले ३६ औं मिनेटमा अग्रता बनायो । उसका लागि टोनी क्रुसको पासमा भिनिसियस जुनियरले गोल गरे ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको रियलले दोस्रो हाफमा थप एक गोल र्गयो । ५७ हजार दर्शकमाझ भएको खेलमा रियलका लागि ७२ औं मिनेटमा रोद्रिगोले गोल गर्न सफल भए । त्यसपछि पनि रियलले अरु केहि मौका पाए पनि गोल थप्न सकेन ।

यो जितले रियलले ६ खेलमा १५ अंक बनाउँदै लिगको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको समान खेलबाट १३ अंक रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७