ग्लोबल आइएमई र जनतालाई गाभिन राष्ट्र बैंकले दियो सैद्धान्तिक स्वीकृति


९ आश्विन २०७६, बिहीबार

काठमाडौं, ९ असोज । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल एक आपसमा गाभिन नेपाल राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिएको छ ।


राष्ट्र बैंकले मौद्रिक नीति आउनु अगावै बैंकहरुलाई जोडी खोज्न दिएको निर्देशन अनुसार ग्लोबल आइएमई बैंक र जनता बैंक गाभिन सहमत भएका थिए ।

सोही सहमतीको आधारमा राष्ट्र बैंक सञ्चालक समितिले सैद्धान्तिक स्वीकृति दिएको ग्लोबल आइएमई बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत महेश ढकालाले जानकारी दिए । राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जिबी नेपालले बैंकहरुलाई बिग मर्जरमा जान आग्रह गरेका थिए ।

ग्लोबल र जनता बीच भएको सैद्धान्तिक सहमति अनुसार मर्जरपछि बैंकको नाम ग्लोबल आईएमई नै रहने छ । सञ्चालक समितिमा ग्लोबलको पाँच जना र जनताको दुई जना रहने छन् ।

त्यसैगरी अध्यक्षमा चन्द्रप्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृतमा जनता बैंकका पर्शुराम क्षेत्री र ग्लोबलका महेश ढकाल नायब प्रमुख कार्यकारी अधिकृत रहने सहमति यस अघि नै भइसकेको छ ।

राष्ट्र बैंकले तीन महिनाको समय दिएकाले मंसिरसम्ममा यी दुई बैंक एक आपसमा गाभिएर कारोबार सुरु गर्ने ग्लोबल आइएमई बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश ढकालले बताए ।

ग्लोबल र जनता गभिएसँगै ग्लोबल आइएमई बैंक नेपालका बाणिज्य बैंकहरुमा सवैभन्दा ठूलो बैंक हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७