शल्यक्रिया गर्दा सुत्केरीको मृत्यु


९ आश्विन २०७६, बिहीबार
doctor

पाल्पा, ९ असोज । पाल्पामा सुत्केरी हुन आएकी महिलाको शल्यक्रिया गर्दा मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका–४ हुमिन लोरेङगका २४ वर्षीया विपीन्द्र सूयवंशी हुन् ।

पाल्पाको युनाइटेड मिसन अस्पतालमा सूर्यवंशीको शल्यक्रिया गरेको दुई÷तीन घण्टापछि मृत्यु भएको आफन्त बलराम सूर्यवंशीले बताए । बुधबार राति ११ बजेतिर उनको मृत्य भएको हो ।
तानसेन नगरपालिका–१ मा अस्थायी बसोबास गर्दै आएकी सूर्यवंशी असोज ७ गते अस्पतालमा सुत्केरी हुन भर्ना भएको परिवारले जनाएको छ ।

सामान्य अस्पताल आएकी सूर्यवंशीको पेटको बच्चा मरिसकेको चिकित्सकले जनाएका थिए ।
मृत बच्चा जन्माउन नसक्ने भएपछि अस्पतालले शल्यक्रिया गरेको थियो । श्रीमान केशर सूर्यवंशीका अनुसार सुत्केरी विपीन्द्र राति धेरै पटक छटपटाएकी थिइन् । छटपटीमा हटेको अक्सिजनको नली नर्सहरूले जोड्न नसक्दा मृत्यु भएको आफन्तको आरोप छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७