आमा बन्दै अभिनेत्री विनिता बराल


९ आश्विन २०७६, बिहीबार
binita barala pregnent


अमेरिका : अभिनेत्री विनिता बराल आमा बन्ने भएकी छिन् । आफु गर्भवती भएको खुसीको खबर बिनिताले बिहिबार मात्रै सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेकी हुन् । सप्राइज ! सप्राइज !! भन्दै विनिताले फेसबुकमा ‘सानी बिनिता’ आँदैछिन् भनेर फोटो पोस्ट गरेकी छिन् ।

बिनिताले सानी बिनिता भन्नाले उनको गर्भमा छोरी हुर्कंदै गरेको जानकारी दिएकी छिन् । । बिनिताले गत मे मा प्रेमी तिलक पौडेलसँग अमेरिकामा बिहे गरेकी थिइन् । अध्ययनको शिलशिलामा अमेरिका गएकी बिनिताको तिलकसँग प्रेम पश्चात विवाह भएको हो ।

फिल्म ‘चपली हाइट’ बाट रजतपटमा अभिनय यात्रा सुरु गरेकी विनिता फिल्ममा क्षेत्रमा भविष्य सुनिश्चत नहुँदा कृषि पेशामा लागिन् । सोही विषयको अध्ययन गर्न उनी अमेरिका गइन् । त्यहाँ उनको प्रेम बस्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७