कर्णाली प्रदेशको राजधानी कर्णालीमै हुनुपर्ने दलीय निष्कर्ष


८ पुष २०७४, शनिबार
6 State of Nepal karnali

जुम्ला : जुम्लाका सबै दलले ६ नं कर्णाली प्रदेशको राजधानी कर्णालीमा नै हुनुपर्ने निष्कर्ष निकालेका छन् । 6 State of Nepal karnali नेपाल पत्रकार महासंघ र नागरिक समाज जुम्लाको संयुक्त आयोजनामा आयोजित ‘६ नं कर्णाली प्रदेश र राजधानी’ विषयक बृहत् छलफल कार्यक्रममा नेपालको संविधानले प्रदेश राजधानी तोक्ने आधार पहिचान र सामथ्र्य व्यवस्था गरेको भन्दै राजधानी कर्णाली नै हुने निष्कर्ष निकालेका हुन् ।कार्यक्रममा पूर्वसभासद् देवीलाल थापाले पहिचान र सामथ्र्यलाई आधार मानेर १०० पूर्णाङ्कमा दुवै जिल्लाको मापन गर्दा जुम्लाले ७५ र सुर्खेतले २५ अंक ल्याउने दाबी गरे ।  “सरकारले लादेर भए पनि सुर्खेतलाई राजधानी बनाउने हिसाबले अस्थायी राजधानी प्रस्ताव गरेको छ, यसमा कर्णाली संवेदनशील भएर जाग्नुपर्छ”– उनले भने । 

नेकपा (एमाले) जुम्लाका प्रदेश कमिटी सदस्य धीरेन्द्रराज गिरीले यो प्रदेशका राजधानी कर्णाली मनासिव हुँदाहुँदै सुर्खेतलाई अस्थायी राजधानी बनाइए कर्णालीवासीका लागि अन्याय हुने धारणा राखे ।
नेपाली काँग्रेसका नेता देवेन्द्र शाहीले कुनै पनि हालतमा राजधानी कर्णालीमा हुने ठोकुवा गर्नुभयो । उहाँले अब राजधानीका लागि एक भएर लाग्नुको विकल्प नरहेको बताए ।
नेकपा एमालेका जिल्ला उपाध्यक्ष नन्दराम रोकाया, नेपाली काँग्रेसका प्रतिनिधि लक्ष्मण शाही नेकपा (माओवादी केन्द्र)का जिल्ला उपाध्यक्ष भवानीप्रसाद अधिकारी संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य बलिराज शाही, नेमकिपाका प्रतिनिधि अमरसिंह बुढ्थापा, राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी) का प्रतिनिधिद्वय सुकवीर नेपाली र वृषबहादुर कठायतले सामथ्र्य र पहिचानको अधिकतम मापदण्डभित्र पर्ने कर्णालीमा राजधानी तोक्न राज्यले कञ्जुस्याइँ गरे आन्दोलन गरिने चेतावनी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७