‘ड्रेस टु इम्प्रेसन–२’ मा ८० डिजाइरन उत्रँदै


९ आश्विन २०७६, बिहीबार
7G0A9113

काठमाडौं, ९ असोज । काठमाडौंको बागबजार र ललितपुरको कुमारी पार्टीमा रहेको ‘इन्टरनेशल इन्टिच्युट अफ फेसन एन्ड टेक्नोलोजी’का करिब ८० जना प्रशिक्षार्थी डिजाईनरहरु फेसन डिजाईन प्रतियोगितामा उत्रँदैछन् ।

आयोजक संस्था इन्टिच्युट अफ फेसन टेक्नोलोजीले दोश्रो संस्करणको ‘इन्टरनेशल ड्रेस टु इम्प्रेसन–२’ फेसन डिजाईन प्रतियोगिता ११ असोज (शनिबार) साँझ काठमाडौंको बालुवाटार स्थित अम्रपाली पार्टी प्यालेसमा आयोजना गर्दैछ ।

यो प्रतियोगितामा ८० जना फेशन डिजाईनरहरु आफैंले तयार गरेका पहिरनमा र्‍याम्पमा उत्रने छन् । ६० महिना यताबाट फेसन डिजाईन पढीरहेका विधार्थीहरुले यो प्रतियोगितामा सहभागिता जनाउन लागेका हुन् ।

यी डिजाईनरहरुको फेशन डिजाईनको प्रारम्भिक प्रस्तुति इन्टरनेशल इन्टिच्युट अफ फेसन टेक्नोलोजीमा बुधबार सम्पन्न भएको छ । सो प्रारम्भिक प्रस्तुतिमा डिजाईनहरुले आफ्नो डिजाईन र ड्रेसको रँग, डिजाईन, प्रभाव र महत्वबारे प्रकाश पारे । आफूले तयार पारेको ड्रेसमा उनीहरु सजिएर सो क्रममा प्रस्तुत भएका थिए ।

प्रारम्भिक प्रस्तुतिको निर्णायकमा राजधानी दैनिकका बरिष्ट उप सम्पादक डब्बु क्षत्री, गायिका–नायिका बिष्णु चेम्जोङ, इन्टरनेशल इन्टिच्युट अफ फेसन टेक्नोलोजीका प्रबन्ध निर्देशक फुपु तेन्जिङ शेर्पा र इन्टरनेशल इन्टिच्युट अफ फेसन एन्ड टेक्नोलोजीका एकेडेमी निर्देशक राजु सुवाल थिए ।

आयोजक संस्थाका प्रबन्ध निर्देशक शेर्पाका अनुसार इन्टरनेशनल इन्टिच्युट अफ फेसन टेक्नोलोजीका विधार्थीहरुको डिजाईन प्रोत्साहनका लागि ‘ड्रेस टु इम्प्रेसन’ गत वर्षबाट आयोजना गरिँदै आएको हो ।

यो प्रतियोगितामा उत्कृष्ट हुने डिजाईनरलाई १५ हजार रुपैयाँ र ट्रफी, फस्ट रनर अप डिजाईनरलाई १० हजार रुपैयाँ र ट्रफी एवम् सेकेन्ड रनर अप हुने डिजाईनरलाई ८ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने छ । यो फेशन साँझको कोरियोग्राफी बिपना थापाले गर्दैछिन् । कार्यक्रममा फेशन शोसँगै विभिन्न साँस्कृतिक प्रस्तुति पनि रहने आयोजक फुपु तेन्जिङ शेर्पाले जानकारी गराएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७