म्यादी प्रहरी मृत्यु घटनाको छानविन हुनुपर्छः मन्त्री शाही


८ पुष २०७४, शनिबार
Mahendra Bahadur Shahi

काठमाडौँ : विना विभागीयमन्त्री महेन्द्रबहादुर शाहीले यही पुस ७ गतेका दिन कालिकोटको सदरमुकाममा म्यादी प्रहरी विवेक ऐडीको दुःखद मृत्यु र आधा दर्जन जति घाइते भएको घटनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । Mahendra Bahadur Shahi

उनले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी यस्तो दुःखद घटना हुुनुका कारण पत्ता लगाइ दोषीमाथि कारबाही गर्न माग गरेको छ ।

विज्ञप्तिमा उनले भनेका छन्, ‘ सान्नी त्रिवेणी, चार तिकुवाका हरि ऐडीका २१ वर्षीय छोरा मृतक विवेक ऐडीको घर परिवारलाई उचित राहत तथा क्षतिपूर्ति र घाइतेलाई यथाशीघ्र उपचारको व्यवस्था गरिदिन नेपाल सरकारसँग माग गर्दछु ।’

विज्ञप्तिमा मृतक ऐडीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको घरपरिवार तथा सम्पूर्ण आफन्तजनमा समवेदना प्रकट गर्दछु उल्लेख छ ।

यस दुःखद घडीमा सबै पक्ष संयमित भई जिल्लाको शान्ति सुुरक्षालाई थप उत्तेजित पार्ने स्थिति नहोस् भनी सम्बन्धित पक्षलाई सचेत रहनसमेत विज्ञप्तिमार्फत उहाँले सबैमा आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७